काठमाडौं । यतिबेला नागरिकहरूको औसत आयु बढेको अवस्था देखिएको छ । निश्चय नै यो एउटा खुसीको कुरा हो । अस्वस्थ्यताका बीचमा आयु बढ्दैन । कुनै पनि मानिस रोगले ग्रस्त भएको भन्दा उसको स्वास्थ्थ राम्रो भएको समाचारले जोकोहीलाई पनि पुलकित नै बनाउँछ । त्यो चिनजानकै हुन कि पराइ । सबै प्रकारले स्वास्थ्य नागरिकले मात्र देशको उन्नति प्रगतिमा साथ दिन सक्छन् । अस्वस्थता कसैका लागि पनि सह्य हुँदैन । समग्रमा औसतरूपले आयु बढेको भन्ने खबरले दिने सन्देश नै सकारात्मक हुन्छ । तथ्याङ्क विभागको प्रतिवेदनकै अनुसार पनि बितेको ४० वर्षमा नेपालीको औसत आयु २० वर्षले बढाएको देखाएको छ । देशमा दिन प्रतिदिन शासकीय शैलीले निराशा बढाइरहेका बेला आयु बढेको समाचारले सामाजिक विकासमा देशले फड्को मारेको नै देखिएछ । किनभने जे–जति मात्रामा आयु बढेको हो त्यसका लागि चौतर्फी विकासको आवश्यकता पर्छ । त्यसमा नेपाल पनि परेको रहेछ भन्ने मान्नुपर्छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले यो हप्ताको सुरुमा सार्वजनिक गरेको तथ्याङ्कगत विवरणअनुसार नेपालीको औसत आयु २०७८ मा ६६ दशमलव छ र २०५८ मा ६० दशमलव चार वर्ष थियो । अहिले औसत आयु झण्डै साढे ७१ वर्ष पुगेको छ । त्यसमाथि पुरुषभन्दा महिला करिब साढे पाँच वर्ष बढी बाँच्ने देखियो । महिलाहरू स्वास्थ्यका हिसाबले बढी जोखिमयुक्त हुन्छन् । पहिले प्रजनन्का क्रममा ठूलो संख्यामा महिलाहरूको ज्यान जाने गरेको हुन्थ्यो । अहिले पुरुषभन्दा महिलाको आयु बढी देखिएको अवस्थाले धेरै कुरा बताउँछ । कार्यालयको प्रतिवेदनअनुसार २०७८ को जनगणना पुरुषको औसत आयु ६८ दशमलव दुई वर्ष र महिलाको ७३ दशमलव आठ वर्ष छ । दशवर्ष अघिको अध्ययनले अर्थात् २०६८ को जनगणनाले पुरुषको औसत आयु ६५ दशमलव चार वर्ष र महिलाको ६८ वर्ष रहेको बताएको थियो । आयुको मापन २०३८ सालदेखि हुन थालेको हो । कार्यालयका अनुसार २०३८ सालको जनगणनामा औसत आयु ४९ दशमलव आठ वर्ष देखिएको थियो । २०४८ सालमा वृद्धि भई ५४ दशमलव तीन वर्ष पुगेको थियो भने त्यही क्रमले वृद्धि हुँदै आएको पाइन्छ । त्यस वर्ष अर्थात् २०३८ सालको अध्ययनमा पुरुषको तुलनामा महिलाको औसत आयु कम रहेको पाइन्छ भने पछिल्लो पाँच दशकमा महिलाको औसत आयु पुरुषको तुलनामा पाँच वर्षले बढी देखिनु यो क्षेत्रमा आएको चौतर्फी परिवर्तनको प्रभाव मान्नुपर्छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशकका अनुसार महिलाको तुलनामा पुरुषको आयु कम हुनुमा पछिल्लो दशकमा नेपालले भोग्नुपरेका प्राकृतिक तथा कोरोना महामारीमा पुरुषको मृत्युदर बढी रहेको देखिन्छ । महिलाको तुलतामा दुर्घटनामा बढी पुरुष परेको देखिनु, मदिरा र लागुऔषध सेवनको मारमा पुरुष बढी देखिनु तथा विदेश जाने संख्यामा पुरुष बढी हुँदा कार्यक्षेत्रमा हुने दुर्घटनाले समेत पुरुषको मृत्युदर बढी देखाएको छ, जन्मेदेखि नै शिशु र बाल मृत्युदरमा छोरीको तुलनामा छोराको मृत्युदर आजकै दिनमा पनि बढी देखिन्छ । यसको प्रभाव औसत आयुमै देखिएको हो ।
प्रतिवेदनका अनुसार पछिल्लो ५० वर्षमा नेपालीको औसत आयु साढे २१ वर्षले बढेको छ । यो गणनामा अझ अर्को पक्ष पनि प्रकट भएको छ । त्यो हो प्रदेशतर्फको अवस्था । कर्णाली प्रदेश सबै कुराले पिछडिएको मानिन्छ तर यहीँका मानिस अरुभन्दा बढी उमेर बाँच्ने गरेको यो प्रदेशको औसत आयु ७२ दशमलव पाँच वर्ष देखिएको छ । त्योभन्दा धेरै सुगम मानिएको लुम्बिनी प्रदेशका मानिसको आयु सबैभन्दा कम ६९ दशमलव पाँच वर्षको देखियो ।
मानिसको आयु बढ्नु भनेको देशकै उपलब्धि हो । यसमा शिक्षा, स्वास्थ्य र जनतामा आएका विभिन्न प्रकारका चेतना यसका कारण हुन् । अबको चुनौती भनेको यी उपलब्धिलाई जोगाउँदै अझ बढी प्राप्ति गर्नु हो । अब यसमा चुक्नु हुँदैन ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया