बीवाईडीका एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धकको नेपाल भ्रमण
काठमाडौं । वीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ जुलियाबले हालै नेपाल भ्रमण गरेका छन् । बीवाईडीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जुलियाबले मे ४ देखि मे ६ सम्म नेपाल भ्रमण गरेका हुन् ।
जुलियाबले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग समेत विशेष भेटवार्ता गरेका थिए । उनले नेपाल भ्रमणको सुरुवात कम्पनीको नक्साल, काठमाडौं र पुल्चोक, ललितपुरमा रहेको शोरुमको अवलोकनबाट गरेका थिए । यी स्थानहरूमा लिउले व्यक्तिगतरूपमा १४ वटा सवारी साधनहरू पठाएका थिए । यस्तै, टोलीले काठमाडौंको गुहेश्वरीमा रहको सर्भिस सेन्टरको पनि भ्रमण गरेको थियो ।
उक्त टोली कम्पनीको नेपालमा आधिकारिक वितरक रहेको सिमेक्स इन्क प्रालिले आयोजना गरेको बीवाईडी एसिया प्यासिफिक नेपाल रणनीति शिखर सम्मेलनमा भाग लिन नेपाल आएको थियो । कम्पनीले मे ५, २०२४ मा काठमाडौंमा सो शिखर सम्मेलनको आयोजना गरेको हो । यो शिखर सम्मेलनमा जुलियाबले प्राविधिक नवाचार र ग्राहक–केन्द्रको लागि कम्पनीको दृढ रहेको प्रतिबद्धता दोहो¥याएका थिए । साथै, उनले सन् २०२२/२०२३ मा ६० प्रतिशतभन्दा बढी ईभी नेपाल प्रवेश गरेर उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरे । भ्रमण टोलीमा जुिलयाबसहित गिलियन ली, कम्पनीको यात्रुवाहक सवारी कार्यालयका निर्देशक ज्याभी वांग, उत्पादन प्रबन्धक कैसी के, कानुनी प्रबन्धक र डेपुटी महाप्रबन्धक केत्सु झाब रहेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया