नयाँ सरकार बनाउन कोशीमा हस्ताक्षर सनाखत सुरु
काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि हस्ताक्षर सनाखत सुरु भएको छ । कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि बिहीबार प्रदेशसभा सदस्य हिक्मत कुमार कार्कीले दाबी पेस गरेका थिए ।
विश्वसनीय आधारसहित दिगो सरकार गठनका लागि बिहीबार दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका सम्पूर्ण प्रदेशसभा सदस्यहरूलाई प्रदेश प्रमुखको कार्यालयको सभाहलमा प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय पत्रसाथ उपस्थित भई सनाखत गर्न भनिएको थियो । सोही अनुसार सनाखत प्रक्रिया सुरु भएको हो ।
यसअघि प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नसक्ने कोशी प्रदेश सभाका कुनै पनि सदस्यलाई वैशाख २८ गते शुक्रबार साँझ पाँच बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका थिए ।
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया