बायर लेभरकुजन र एटलान्टा युरोपा लिगको फाइनमा
काठमाडौं । जर्मन क्लब बायर लेभरकुजन र इटालियन क्लब एटलान्टा यूईएफ युरापा लिगको फाइनमा प्रवेश गरेका छन् । गत राति भएका खेलमा लिभरकुजनले रोमासँग बराबारी खेल्दै अन्तिम दुई स्थान बनाएको हो भने एटलान्टाले मार्सेलीमाथि सहज जित हासिल गर्दै अन्तिम दुई को यात्रा तय गरेको हो ।
गेविस स्टेडियममा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा पाहुना टोली मार्सेलीलाई ३–० पराजित गर्दै एटलान्टा उपाधिनजिक पुगेको हो । यो जितसँगै समग्रमा एटलान्टा ४–१ ले विजयी भयो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । एकपक्षीय बनेको खेलको ३०औँ मिनेटमा एडेमोला लुकम्यानले गोल गर्दै एटलान्टलाई शुरूआती अग्रता दिलाएका थिए ।
५२औँ मिनेटमा म्याथ्यु रुगेरीले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा बिलाल टुरेले गोल गर्दै एटलान्टालाई ३–० ले विजयी बनाए ।
त्यस्तै गए राती नै सम्पन्न भएको अर्को खेलमा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जर्मन क्लब बायर लेभरकुजन यूईएफ युरोपा लिगको उपाधिनजिक पुगेको छ । बेएरेनामा शुक्रबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा रोमालाई २–२ गोलको बराबरीमा रोक्दै लेभरकुजन फाइनलमा पुगेको हो ।
पहिलो लेगमा लेभरकुजन २–० गोल अन्तरले विजयी भएको थियो । लेभरकुजन समग्रमा ४–२ गोल अन्तरले विजयी हुँदै फाइनलमा पुगेको हो । खेलको ४३ औँ मिनेटमा लिआन्ड्रो परेडेसले पेनाल्टीमा गोल गर्दै रोमालाई शुरूआती अग्रता दिलाएका थिए । ६६औँ मिनेटमा उनले नै पेनाल्टीमा दोस्रो गोल गरे ।
तर, निर्धारित समय सकिन ८ मिनेट बाँकी रहँदा रोमाका जियानलुका म्यानसिनीले आत्माघाती गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको सातौँ मिनेटमा जोसिप स्टानिसिकले गोल गर्दै लेभरकुजनलाई खेलमा फर्काउँदै २–२ मा रोक्न सफल भए ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
- सन नेपाल लाइफको प्रदेशस्तरीय मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम
- भरतपुरको गीतानगरमा कृषि विकास बैंकको नयाँ शाखा
- सिद्धार्थ बैंकको व्यवस्थित लगानी कोषको आकार एक अर्ब नाघ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया