शिवम् सिमेन्ट्सको नाफा ९ प्रतिशतले बढ्यो
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अवस्थामा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार ९.८९ प्रतिशले वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले ५ अर्ब ९९ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ५ अर्ब ४५ करोड रुपैयाँ थियो ।
बिक्री आम्दानी बढेपनि बिक्री लागत बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो । चैत मसान्तसम्ममा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५३ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा २३.६४ प्रतिशत घटेको छ भने अन्य आम्दानी ४९.०१ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ६.८४ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ ८५ पैसा घटेर ५ रुपैयाँ ४२ पैसामा झरेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९४.४६ गुणा रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया