बालमन्दिरको जग्गा कब्जा गर्ने विशाल ग्रुपका सञ्चालकविरुद्ध किन जारी भएन पक्राउपुर्जी ?
काठमाडौं : बृहस्पति विद्या सदन र राई स्कुलको नाममा बालमन्दिको जग्गा कब्जा जमाइरहेकाहरूमध्ये प्रमुख पात्र विशाल ग्रुपका सञ्चालकहरूलाई उन्मुक्ति दिने नियतले पक्राउपुर्जी जारी नगरिएको पाइएको छ ।
विशाल ग्रुपको प्रमुख योजनामा जग्गा भाडामा लिएर विशाल ग्रुपकै प्रमुख लगानीमा सो जग्गामा दुई वटा स्कुलहरू सञ्चालित थिए ।
विशाल ग्रुपको प्रमुख योजना भए पनि यतिबेला भने अन्य लगानीकर्ताहरूविरुद्ध पक्राउपुर्जी जारी हुँदा विशाल ग्रुपका प्रमुख योजनाकारहरू विशाल अग्रवाल, अनुज अग्रवाल, निकुञ्ज अग्रवाल, अर्पित अग्रवाल, सञ्जय अग्रवाललगायतलाई जोगाइएर पक्राउपुर्जी जारी गरिएको पाइएको हो ।
बाल संगठनको नाममा रहेको मूल्यवान जग्गा कौडीको भाउमा लिएर सेटिङमार्फत आफ्नो कब्जामा ल्याउने प्रपञ्चमा रहेको मुख्य खेलाडी विशाल ग्रुपका सञ्चालकहरूलाई उन्मुक्ति दिने गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अन्य २० जना विरुद्ध पक्राउपुर्जी जारी गरेपछि विशाल ग्रुपका सञ्चालकहरूलाई सेटिङमा उन्मुक्ति दिन लाएको खुलासा भएको हो । काठमाडौंको केन्द्र नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक एक करोड नौ लाख रुपैयाँ तिर्नेगरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो । लिजमा लिने दुई ग्रुपमध्ये विशाल ग्रुप प्रमुख रहेको थियो ।
राज्य शक्ति र सत्तासँग सिधा पहुँच बनाएको विशाल ग्रुपले नेपाल बाल संगठनलाई हानी नोक्सानी पु-याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको, २०८९ मा सकिने सम्झौता समेत बदनियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको देखिएको थियो ।
आर्थिक दैनिकलाई प्राप्त कागजातअनुसार बृहस्पति विद्या सदनका सेयरधनीमा पुरुषोत्तमराज जोशी, प्रवीणराज जोशी, प्रज्वलराज जोशी, अनुज अग्रवाल, श्रद्धा संघई, अर्पित अग्रवाल, ग्रीन फिल्ड इंक प्रालि, श्यामसुन्दर कंडेल, समीर थापा, महेशकुमार सिंघानिया, सञ्जयकुमार मोर, सञ्जय अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल छन् । जसमा पुरुषोत्तमको २५ लाख ८० हजार रुपैयाँ, प्रवीणराज जोशीको एक करोड ८७ लाख १० हजार रुपैयाँ, प्रज्वलराज जोशीको एक करोड ३१ लाख १० हजार रुपैयाँ, अनुज अग्रवालको तीन करोड ६१ लाख १२ हजार पाँच सय रुपैयाँ, श्रद्धा संघईको दुई करोड ५७ लाख ९२ हजार पाँच सय रुपैयाँ, अर्पित अग्रवालको एक करोड १२ लाख १० हजार रुपैयाँ, ग्रिन फिल्ड इंक प्रालिको ५० लाख १० हजार रुपैयाँ, श्यामसुन्दर कंडेलको ६४ लाख ६५ हजार रुपैयाँ, समीर थापाको १० हजार रुपैयाँ, महेशकुमार सिघांनियाको ४२ लाख ३० हजार छ सय रुपैयाँ, सञ्जयकुमार मोरको सात लाख चार हजार दुई सय रुपैयाँ, सञ्जय अग्रवालको सात लाख चार हजार दुई सय रुपैयाँ, विशाल अग्रवालको दुई करोड ३६ लाख ७५ हजार रुपैयाँ र निकुञ्ज अग्रवालको दुई करोड ३६ लाख ७५ हजार रुपैयाँबराबरको सेयर लगानी छ ।
त्यस्तै, राय स्कुलका सेयरधनीमा श्रद्धा संघाई, अनुज अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल, ग्रिन फिल्ड इंक प्रालि, प्रवीणराज जोशी, प्रज्वलराज जोशी, एस इन्स्टिच्युट अफ मेनेजमेन्ट, समीर थापा र अर्पित अग्रवाल छन् ।
जसअनुरूप श्रद्धा संघाईको ७५ लाख ५५ हजार एक सय रुपैयाँ, अनुज अग्रवालको ५० लाख ३६ हजार दुई सय रुपैयाँ, विशाल अग्रवालको ३३ लाख ६० हजार छ सय रुपैयाँ, निकुञ्ज अग्रवालको ३३ लाख ६० हजार छ सय रुपैयाँ, ग्रिन फिल्ड इंक प्रालिको १० हजार रुपैयाँ, प्रवीणराज जोशीको २७ लाख ५० हजार रुपैयाँ, प्रज्वलराज जोशीको २७ लाख ५० हजार रुपैयाँ, एस इन्स्टिच्युट अफ मेनेजमेन्टको नौ लाख ८० हजार रुपैयाँ, समीर थापाको १० हजार रुपैयाँ र अर्पित अग्रवालाको १६ लाख ८७ हजार पाँच सय रुपैयाँबराबरको सेयर लगानी छ । भारतीय मूलका व्यापारीहरूको लगानी रहेको विशाल ग्रुपले नेपालमा राजतन्त्र छँदै उक्त जग्गा हत्याएको थियो ।
नेपालमा राजा फालेर गणतन्त्र आएकै १५ वर्ष बढी भइसक्दा पनि सेटिङ र कमिसनमा चरम चलखेल गरेर बाल मन्दिरको जग्गा दोहन गरिरहेको यो समूहले संगठनलाई नगन्य भाडा तिरेर चार गुणा बढी मुनाफा लिइरहेको थियो ।
क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1
ताजा अपडेट
- लुम्बिनीमा प्रधानमन्त्री ओली
- नेपाली व्यवसायीलाई विश्नोईको नामबाट धम्की
- सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुललाई
- स्वास्थ्य मन्त्रालयद्वारा अनुमतिप्राप्त मेडिकल कलेजहरूको अस्पताल शय्या क्षमता सार्वजनिक
- ‘हलिया र कमैयाको पहिचान र प्रमाणीकरणमा सरकार गम्भीर’
- ‘कर र महसुलका दर घटाउनु स्वागतयोग्य’
- गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाद्वारा निःशुल्क खाद्यान्न वितरण
- ज्योति विकास बैंकका ग्राहकलाई इ–रिभल्भिङ इन्डियन कुजाइन रेस्टुरेन्टमा छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया