राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल
काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल चयन भएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएर राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशनले कटवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवशेनको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले काठमाडौंको राष्ट्रिय सभागृहमा उद्घाटन गरेका थिए । मुलुकका २० हजारभन्दा बढी कलाकारहरु समेटिएको यस संघको महाधिवेशनमा ७५ जिल्लाका कलाकारहरुको सहभागिता रहेको थियो ।
संघको शनिबार राती सम्पन्न अधिवेशनबाट अध्यक्षमा लोक गायक प्रकाश कटवाल निर्विरोध अध्यक्ष चयन भए । संघको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती चयन भएका छन् । यस्तै उपाध्यक्षमा रमेश दुलाल (कागे), कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ (मिलन) निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिको महासचिवमा विनोद ढकाल, उपमहासचिवमा मान बहादुर तामाङ र रबिन्द्र रिमाल, सचिबमा दिनेश डाँगी, शोभा थापा, आशा लामा, रुपक परियार निर्वाचित भएका छन ।
यस्तै सहसचिवमा स्मृति गौतम, प्रवक्तामा सविन चौहान, कोषाध्यक्षमा गोविन्द गौतम र सह कोषाध्यक्षमा टीका सानु निर्वाचित भएका छन् । यसैगरी संघको केन्द्रीय सदस्यहरुमा नवराज भट्टराई, कुल बहादुर वली, दिनेश भण्डारी, नक्कुल प्रसाद गौतम, प्रदिप रोक्का, अशोक सापकोटा, रुपेश पुडासैनी, ऐन बहादुर दौड्याल, दिलु बि.सी., ढक बहादुर खत्री, उमेश शिवाकोटी, दिल बहादुर भण्डारी (दिनेश), यज्ञ कुमारी रुचाल, शंकर ढकाल, सुमि श्रेष्ठ, निरुता खत्री, प्रतीमा अर्याल र सुजता केसी निर्वाचित भएका छन ।
नयाँ कार्यसमितिमा उपमहासचिब, सचिव, सहसचिब र महिला सदस्यमा मतदान भयो भने बाँकी अन्य पद निर्विरोध निर्वाचित भए ।
क्याटेगोरी : कला / संस्कृति, मनोरञ्जन
ताजा अपडेट
- इजरेल किन अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाउने काम रोक्दैन ?
- दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
- उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न
- राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ :प्रधानमन्त्री
- हरितालिका (तीज) : पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड
- संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क जानुहुने
- जेष्ठ नागरिकको अवस्था
- नेपालको वैदेशिक व्यापारमा चुनौतीहरू
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया