अनुमति नलिई यार्सागुम्बा सङ्कलन गर्ने नौ जना पक्राउ
बझाड., जेठ ३२
सुर्मा गाउँपालिका ४ को तितापानी र बुंगल नगरपालिकाको गुँरासे लेकमा लकडाउनको समयमा अनुमति समेत नलिई प्रतिबन्धित वन पैदावर जडीबुटी यार्सागुम्बा संकलन गर्ने ९ जनालाई चार सय ७ थान यार्सागुम्बासहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छविसपाथिभेरा गाउँपालिका ७ बुडखोरी बस्ने ४० वर्षीय जोगिरी धामी, सोही ठाउँ बस्ने विकास धामी, २३ वर्षीय गोबिन्द धामी, २२ वर्षीय विरेन्द्र धामी, हिमाल धामी, सुर्मा गाउँपालिका ५ सैनगाउँ बस्ने २५ वर्षीय जनक जेठारा, २९ वर्षीय बलबहादुर जेठारा, ३९ वर्षीय दानबहादुर लकण्डी र २१ वर्षीय बैरागी लकण्डी रहेका छन् ।
साइपाल गाउँपालिकामा संकलन गरिने यार्सागुम्बा डिभिजन वन कार्यालय बझाङ र सम्बन्धित स्थानीय तहहरूबाट रोक लगाइएकोमा उनीहरूले अनुमति नलिई यार्सागुम्बा संकलन गर्न गएको अवस्थामा प्रहरी चौकी दौलीचौर र भुग्तोली सामुदायिक वनका पदाधिकारी समेतको टोलीले फेला पारी पक्राउ गरेको हो । पक्राउ व्यक्तिहरूलाई बरामद यार्सागुम्बासहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय बझाङ पठाइएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया