बीवाईडीद्वारा युरो कपमा सहभागी हुन पाउने ११ नेपालीको नाम घोषणा
काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स् इन्क प्रालिले युरो कप २०२४को लागि सार्वजानिक गरेको ‘नेपाली अब युरो कपमा’ योजनाको ११ जना विजेताहरू घोषणा गरेको छ ।
लक्की ड्रमार्फत विजेता नाम घोषणा गरिएको कम्पनीले जनााएको छ । विजेताहरूले जर्मनीमा हुने युरो कप २०२४ खेल मैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाउनेछन् । यस आयोजना अत्यन्तै रोचक रहेको र विजेताहरूलाई अविस्मरणीय अवसर प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीले फेब्रुअरी २६, २०२४ देखि मे ५ सम्म बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकहरूबाट ११ जना भाग्यशाली ग्राहक छनौट गरेको हो । बीवाईडी नेपालका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्य र साईमेक्स इन्कका अध्यक्ष अनिल श्रेष्ठले संयुक्तरूपमा लक्की ड्र कार्यक्रम गरेका थिए । सो लक्की ड्र कार्यक्रममा दुई चरणमा गरिएको थियो । पहिलो चरणका बिजेताहरूमा शाश्वत गौतम, श्याम सुन्दर श्रेष्ठ/सुदर्शन श्रेष्ठ, बीजेन्द्र शाक्य, कबिनराज श्रेष्ठ र दिनेश प्याठा रहेका छन् ।
यस्तै, दोस्रो चरणका विजेताहरूमा गणेश कँडेल, डा ममता क्षेत्री÷डा जगदीश तिमिल्सिना, प्रदीप पौडेल, सगरमाथा टेलिभिजन÷विमल गुरुङ, जयप्रकाश दास र सजिना पाण्डेय रहेको कम्पनीले जनाएको छ । यो योजना साईमेक्स् इन्क प्रालिको लागि अत्यन्तै महत्वपूर्ण रहेको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया