एमजी ४ ईभीलाई उत्कृष्ट कारको उपाधि
काठमाडौं । एमजी कारले विश्व बजारमा एकपछि अर्काे सफलता हात पार्दै आएको छ । यहि क्रममा एमजी ४ ईभीले हालै २०२४को उत्कृष्ट कारको उपाधि हात पारेको हो । न्युजील्याण्डको प्रख्यात सञ्चार कम्पनी स्टफद्वारा आयोजित ‘टप कार्स २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ ईभीले शीर्ष उपाधि जित्न सफल भएको छ । अवार्ड समारोहको निर्णायक मण्डलका एक सदस्य क्यामरुन अफिसरले भने, ‘एमजीको प्रशंसा गर्ने हामी पहिलो होइनौं । एमजी ४ को यो न्युजील्याण्डमा मात्रै नवौं पुरस्कार जित हो ।’ गत वर्ष नेपाली बजारमा कदम राखेको पूर्णरूपमा विद्युतीय कार एमजी ४ ईभी सहज यात्रा तथा किफायती मूल्यको लागि प्रसिद्ध छ । २०२२ मा बजारमा आएको एमजी ४ ईभीले ‘बेस्ट भ्यालु इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द यर २०२३’, ‘ बेस्ट भ्यालु इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द यर’जस्ता विभिन्न उपाधिहरू हासिल गर्दै आएको छ ।
सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापीरूपमा चर्चा कमाउन सफल बेलायती ब्राण्ड एमजीले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायती मूल्य, सहज यात्रा र वातावरणमैत्री विशेषताहरूले गर्दा लोकप्रियता कमाउँदै आएको छ । एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले हाल नेपालमा एमजी४ ईभी, एमजी जेडएस ईभी, एमजी कोमेट ईभी गरी तीन वटा मोडेलका विद्युतीय र एमजी हेक्टर, एमजी एचएस, र एमजी एसटर गरी तीन वटा मोडेलका इन्धन गाडीहरू बिक्री वितरण गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सुनचाँदी धितोमा बैंकहरूले दिए ५८ अर्ब कर्जा
- नेपाल–भारतबीचको समस्या समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
- विगत पाँच वर्षदेखि निरन्तर घाटामा वायुसेवा निगम
- इजरेल किन अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाउने काम रोक्दैन ?
- दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
- उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न
- राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ :प्रधानमन्त्री
- हरितालिका (तीज) : पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया