जिटो नेपाल र जिटो टीएनएपीटीएस जोनबीच सम्झौता
काठमाडौं । जैन इन्टरनेसनल ट्रेड अर्गनाइजेसन (जिटो) नेपालले जिटो टीएनएपीटीएस जोनसँग सम्झौता गरेको छ । जिटो टीएनएपीटीएस जोनमा भारतको हैदराबाद, कोइम्बटोर र विशाखापट्टनम च्याप्टर्स रहेका छ । ती च्याप्टर्ससँग जिटो नेपालले सिस्टर च्याप्टर सम्बन्ध स्थापना गरेको हो ।
सो सम्झौता हालै हायात रिजेन्सी, काठमाडौंमा भएको जिटो नेपाल च्याप्टरका अध्यक्ष कमलकुमार बेगानीले जानकारी दिए । जिटो विश्वभरका जैन उद्योगी, व्यवसायी र पेसेवरहरूको समुदाय हो, जसमा संयुक्त राज्य अमेरिका, युरोपेली देश, अस्ट्रेलिया र भारतलगायत २८ अन्तर्राष्ट्रिय स्थानका १५ हजार चार सय ११ सदस्यहरू आर्थिक सशक्तीकरण, ज्ञान र सेवाका उद्देश्य पूरा गर्न सक्रिय छन् । जिटो नेपालले नेपाली जैन व्यवसायी समुदायमा सिप विकास र मार्गदर्शनको लागि अवसरहरू प्रदान गर्ने गरेको छ । स्थापना भएदेखि यसले दान अभियान, रूख रोपण कार्यक्रम, व्यापार सेमिनार तथा खेलकुद आयोजना र जागरूकता कार्यक्रमको सञ्चालन गरेको छ ।
जिटो नेपाल र जिटो टीएनएपीटीएस जोनबीच भएको सम्झौता हस्ताक्षरमा भारतबाट टीएनएपीटीएस जोनका करिब दुई सय सदस्यहरूको सहभागिता रहेको थियो । यो समझदारीपत्रले दुई राष्ट्रहरूबीच विचार, ज्ञान र उत्कृष्ट व्यापार अभ्यासहरूको स्वतन्त्र प्रवाहलाई सहज बनाउने बताइएको छ । यी साझेदारीले नेटवर्किङ अवसर, सांस्कृतिक आदानप्रदान र परोपकारी कार्यहरुमा सामूहिक प्रयासलाई प्रबल बनाउने छ । यस सम्झौताको अतिरिक्त, जिटो नेपाल र यसको युथ विङले वैशाख १५ देखि वैशाख ३० सम्म सगरमाथा बेस क्याम्प ट्रेकिङको आयोजना गरेको छ । यस ट्रेकिङमा भारत, नेपाल, दुबई र थाइल्याण्डका १७ देखि ७४ वर्ष उमेर समूहका १८ सदस्यहरू सहभागी भएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया