स्मार्ट राइड सेयरिङ प्लेटफार्म ‘जुमजुम’ सञ्चालनमा
काठमाडौं । नेपाल मोबिलिटी सोलुन्सन्सले नयाँ राइड सेयरिङ प्लेटफर्म ‘जुमजुम’ सञ्चालनमा ल्याएको छ । नेपाली कम्पनी एफवान् सफ्ट ग्रुपको विज्ञहरू र पिकमीद्वारा विकसित एप जुमजुमले नेपालको यातायात क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउने कम्पनीको दाबी छ ।
एफ वान सफ्ट ग्रुपका सीईओ सुवास शर्माले कम्पनीले नेपालको डिजिटल रूपान्तरणलाई सहज बनाउन डिजिटल उत्पादन र सेवाहरूको इकोसिस्टम निर्माण गर्दै आएको बताए । जुमजुमलाई पनि राइड सेयरिङ सेवाको रूपमा यस इकोसिस्टममा समावेश गर्ने उनको भनाइ थियो । प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्न सकिने कम्पनीको भनाइ छ । साथै, रियलटाइम ट्र्याकिङले सवारीहरूलाई व्यवस्थित र निगरानीको साथ झन्झटरहित यात्राको अनुभव सुनिश्चित गर्ने बताइएको छ । जुमजुमले ड्राइभरहरूको लागि प्रमाणीकरण प्रक्रियाहरू र एपभित्र सुरक्षा उपायहरूको साथ यात्रुहरूको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार जुमजुममा इ–सेवा डिजिटल वालेटमार्फत सजिलै भुक्तानी गर्न सकिन्छ । यस्तै, जुमजुममा एउटा व्यक्ति वा समूहले सहजै एकैसाथ धेरै सवारीहरू बुक गर्न सक्नेछन् । यस्तै, जुमजुममा प्रयोगकर्ताहरूले आफ्नो लागि मात्र नभई एपमा पहुँच नभएका वा आफ्नो लागि बुक गर्न नसक्ने साथीहरू वा परिवारका सदस्यहरूका लागि पनि सवारी बुक गर्न सक्ने कम्पनीले जनाएको छ । बीमा कभरेजमार्फत जुमजुमले प्रयोगकर्ताहरूलाई अप्रत्यासित घटनाहरूको सुरक्षालाई प्राथमिकता दिँदै यात्रु र चालक दुवैका लागि पाँच लाख रुपैयाँसम्मको बीमा प्रदान गर्ने जनाएको छ ।
साथै, जुमजुमले चालकहरूको लागि थप आर्थिक अवसरहरू प्रदान गरेको छ । डाइरेक्सनल हायरजस्ता सुविधामार्फत चालकहरूलाई उनीहरूको इच्छित यात्रा दिशामा मात्रै यात्राहरू पनि सुविधा दिएको छ । जुमजुमले पहिलो तीन सवारीहरूमा ७५ प्रतिशत छुटको दिने पनि जनाएको छ । यस्तै, थपरूपमा चालकहरूले एक हजार रुपैयाँ ज्वाइनिङ बोनससहित आकर्षक बोनसहरूबाट लाभ उठाउन सक्छन् । प्रारम्भिक दुई हप्ताको लागि कमिसन शून्य रहेको र त्यसपछि कमिसन रिबेट कार्यक्रमहरूमा जति धेरै राइड त्यति कम कमिसनको योजना ल्याएको कम्पनीले जनाएको छ । साथै, चालकहरूले दैनिक बोनस दुई हजार रुपैयाँसम्म कमाउन सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया