ललितपुर आगलागी : मृतकको संख्या तीन पुग्यो
काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १७ मा रहेको एक टहरामा भएको आगलागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । वैशाख २३ गते भएको आगलागीमा घाइते थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो ।
२३ गते भएको आगलागीमा दुई छोरीको मृत्यु भएको थियो भने आज आमाको पनि मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवम् एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
मोबिल स्टोर गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका पाँच सदस्य घाइते भएका थिए । उनीहरुलाई उपचार गर्न ग्वार्कोस्थित किस्ट अस्पताल लगिएको थियो । आगलागीको भोलिपल्ट सञ्जयका छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको थियो ।
आगलागीमा परी घाइते भएका सञ्जयको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनीहरुका भतिज १५ वर्षीय नित गिरीको पनि उपचार जारी छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया