Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचिकित्सा शिक्षा देखि पर्यावपरण सम्मको बहस एउटै मञ्चमा

चिकित्सा शिक्षा देखि पर्यावपरण सम्मको बहस एउटै मञ्चमा

सोमबार काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलन


काठमाडौँ : बैशाख ३१ गते काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो सस्करण आयोजना हुँदैछ। स्वस्थ नेपाल निर्माणको अग्रसरता सरकार, समुदायिक र निजी क्षेत्र सबैको सहभागिता भन्ने मुल नारा सहित स्वास्थ्य सम्मेलन हुन लागेको हो ।

सञ्चारकर्मीहरुको समूह त्रिकल प्रोडक्सनको आयोजनामा स्वास्थ्य तथा जनसङख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन नेपालको साथमा कान्तिपुर मिडीया ग्रुप र नेपाल स्वास्थ्य पत्रकार मञ्चको सहकार्य र स्वास्थ्य तथा गैरस्वास्थ्य निकायहरुको सहजीकरणमा सम्मेलन हुन लागेको हो । सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एंव परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गर्दै हुनुहन्छ ।

उद्घाटनसत्र पछि सम्मेलनका अवसरमा अहिलेका मुख्य सरोकारका विभिन्न ६ वटा विषयहरुमा बृहत छलफल हुँदै छ । छलफलका सत्रहरुमा पहिला मौलिक जीवनशैलीमा स्वास्थ्यको परिदृश्य र पर्यटनको अवसरका विषयमा छलफल गरिनेछ । यस सत्रमा विश्व समुदायले अनुशरण गरेको नेपालीको मौलिक जीवनशैलीलाई कसरी पुन अभ्यासमा ल्याउन सकिन्छ , परिर्वतित समय र व्यस्त जीवनशैलीले निम्त्याएको स्वास्थ्य जटिलता पुर्नमुल्यांकनको आवश्यकता र अन्तर्राष्ट्रिय पर्यटनको अवसर लगायतका विषयमा सरोकारवालापक्षहरुबीच छलफल हुनेछ । साथै जलवायु परिवर्तनका कारण दबाबमा नेपालको जनस्वास्थ्यको विषयमा पनि समम्मेलनका क्रममा छलफल हुँदैछ । स्वास्थ्य बीमा कार्यक्रमः चुनौती र अवसर, नसर्ने रोगका जोखिम विरुद्ध हाम्रो रणनिती जस्ता विषयमा पनि बहस हुँदैछ । सम्मेलनका अवसरमा बहसमा नेपालको चिकित्सा शिक्षाको विषयमा पनि बृहत छलफल हँदैछ । मैलिक हकमा समेटिएको स्वास्थ्य सेवामा बढ्दो व्यापारिकरणका विषयमा पनि सम्मेलनमा गहन छलफलको सत्र राखेको छ ।

साथै सम्मेलनले स्वास्थ्य क्षेत्रका चुनौती र आवश्यकताको पहिचान सहित परिपूर्तीको आधारलाई पहिल्याउँदै भविष्यको मार्गचित्र तयार पार्ने लक्ष्य लिएको छ । यसका लागि स्वास्थ्य क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व एवं सरोकारवालाहरु, स्वास्थ्यकर्मीहरू र आम नागरिकहरुबीच छलफलका लागि साझामञ्च प्रदान गर्नेछ ।
स्वास्थ्य क्षेत्रका सम्पूर्ण विषयवस्तुमा खुला छलफल गर्ने साझा मञ्चको रुपमा रहने नेपाल स्वास्थ्य सम्मेलनले समाजका सबै क्षेत्रलाई एउटै मञ्चमा उभ्याउँदै स्वास्थ्य क्षेत्रका सबै आयामबारे स्वस्थ बहस अघि बढाउने बताएको छ । पृष्ठभूमि वा पेशा जस्तोसुकै भए पनि देशको स्वास्थ्य क्षेत्र सुधारका लागि प्रत्येक नेपालीको दायित्व र जिम्मेबारी अनुसार सम्मेलनमा स्वस्थ नेपालका लागि राष्ट्रिय आह्वानका रुपमा अगाडी बढ्ने विश्वास लिईएको छ । सम्मेलनबाट प्राप्त सुझावको प्रतिवदेन तयार गरी सरोकारवाला निकायहरुलाई पेश गरिनेछ । यसअघि कोभिड महामारिका बीच स्वास्थ्य सजगता अपनाउँदै त्रिकाल प्रोडक्सनले नेपाल स्वास्थ्य सम्मेलनको पहिलो २०७७ साल चैत्रमा काठमाडौंमा समपन्न भएको थियो ।


क्याटेगोरी : बिबिध, बिशेष, समाचार

तपाईको प्रतिक्रिया