टर्की पठाइदिने भन्दै चार करोड ठगी गर्ने एक जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट चार करोड भन्दा बढी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । एक सय २४ जनाबाट चार करोड भन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले कास्कीको पोखराका विनोद श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठले एक सय २४ जनालाई टर्कीमा राम्रो आम्दानी हुने काममा लगाइदिने भन्दै ठगेको प्रहरीको भनाइ छ । श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । युएन मिसनको कार्यालयमा मासिक एक हजार चार सय ५० डलर कमाइ हुने आश्वासन दिएर ठगि गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । श्रेष्ठले चुच्चेपाटीको जमघट रेष्टुरेन्टमा विदेश जान तयार भएकाहरूलाई भेट्ने गरेको र सुरुमा उनीहरुबाट प्रतिव्यक्ति ५० हजार रुपैयाँ लिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार विनोदले टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने भनेका थिए । त्यहाँ गएर आकर्षक तलब पाइने भन्दै प्रलोभनमा परेर १२४ जना टर्की जान तयार भएको प्रहरीको भनाइ छ । अरु व्यक्तिहरुलाई विश्वास दिलाउनका लागि उनले सुरुमा चार जनालाई भारतको राजधानी दिल्ली पुर्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस पछि दिल्लीमा भारतीय एजेन्टमार्फत् थप ३ लाख रुपैयाँ उठाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
रकम लिएपछि उनीहरूलाई १५ दिनसम्म होटलमै राखेको पाइएको कोही पनि सम्पर्कमा नआएपछि उनीहरू भारतबाट नेपाल फर्किएका थिए । यसरी नै विनोदले १२४ जनाबाट ४ करोड ३४ लाख रुपैयाँ उठाएको पाइएको प्रहरीको भनाइ छ ।
पिडीतलाई श्विास दिलाउन उनले युएनमा रहेका व्यक्तिहरुको नाम पनि लिने गरेका थिए । आफ्नो काम नभए पछि नेपाल फर्किएका पिडीतहरुले केही दिन अघि पत्रकार सम्मेलन गरेर आवश्यक कारबाहीका लागि आग्रह गरेका थिए । श्रेष्ठले पिडितहरुलाई विश्वास दिलाउन प्रत्येकलाई चेक दिने गरेको प्रहरीको भनाइ छ । चेक लिएर बैंकमा जाँदा हस्ताक्षर नमिले पछि पिडितहरु प्रहरीकोमा पुगेका थिए ।
यस विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । विनोद श्रेष्ठलको श्रीमती सुरुची भुजेल र सालो सुजन भुजेल विरुद्ध समेत ठगिको मुद्धामा अनुसन्धान भइरहेको छ । उनीहरु विरुद्ध अहिले पनि सीआइबीले ठगी मुद्धामा अनुसन्धान गरिरहेको छ । उनीहरु अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया