इ–नेट पेमेन्टको अनुमतिपत्र खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रदायक कम्पनी इ–नेट पेमेन्ट प्रालिको अनुमतिपत्र खारेज गरेको छ । राष्ट्र बैंकले सोमबार सूचना जारी गरेर इ–नेट पेमेन्ट प्रालिको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको जानकारी दिएको छ ।
‘भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्नेगरी २०७६ फागुन २१ मा अनुमतिपत्रप्राप्त इ–नेट पेमेन्ट प्रालिले बैंकको निर्देशनको परिपालना नगरेको देखिएकोले भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७ (संशोधनसहित)को विनियम ३५ को १(ग)को व्यवस्थाबमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको मितिले ३१औँ दिनदेखि लागू हुनेगरी खारेज गरिएको छ’, सूचनामा उल्लेख छ ।
सो कम्पनीले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेन÷दायित्व बाँकी रहेको भए सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गरी दाबी गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- मेची-महाकाली उद्धार यात्रा: कोशी प्रदेशमा ४४ जनाको उद्धार
- बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध
- धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण
- तीन दिनका लागि कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक बन्द
- कोजाग्रत पूर्णिमाका अवसरमा प्रकाशद्वारा चियापान कार्यक्रम
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया