Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिअनेरास्ववियुको आयोजनामा हुने विद्यार्थी महोत्सवको उद्घाटन आज

अनेरास्ववियुको आयोजनामा हुने विद्यार्थी महोत्सवको उद्घाटन आज


काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को आयोजनामा हुने ‘विद्यार्थी महोत्सव’ आज उदघाटन हुँदै छ । विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर जानकारी गराउने उद्देश्य महोत्सव आयोजना गर्न लागिएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिए ।

महोत्सव जेठ ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने छ । ‘विद्यार्थी महोत्सव’ का माध्यमबाट युवा विद्यार्थीलाई मातृभूमिप्रति प्रेम र स्नेह जगाउन र ‘नेपालमै पढछु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गराउने प्रत्यत्न गर्न लागिएको बडालले बताए । महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीको बारेमा जानकारी गराउनुका साथै शिक्षा प्रणाली सुधार गर्न के–के आवश्यक छ भनेर सुझावसमेत लिइने उनको भनाइ छ । अनेरास्ववियुले महोत्सवबाट बचेको पाँच प्रतिशत रकम गरिव र जेहेन्दार विद्यार्थीलाई छात्रवृतिका लागि दिइने घोषणा गरेको छ ।

महोत्सवका संयोजक धर्म गिरीले महोत्सवस्थलमा एक सय ५० भन्दा बढी शैक्षिक स्टल राखिने छन् । त्यस्तै विद्यार्थीलाई मनोरञ्जनप्रदान गर्नका लागि जोन एण्ड दि लोकल्स, द इलिमेन्ट र अनुप्रस्थजस्ता ब्याण्डका कलाकारहरुले प्रत्येक दिन दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म साङ्गीतिक कार्यक्रम हुने उनले जानकारी दिए ।

अनेरास्ववियुका महासचिव नरेश रोकायाले महोत्सवमा देशभरिबाट करिब एक लाख विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।


क्याटेगोरी : राजनिति, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x