Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअस्ट्रेलियाको मूल्यवृद्धि तीन प्रतिशतभन्दा कम हुने अनुमान

अस्ट्रेलियाको मूल्यवृद्धि तीन प्रतिशतभन्दा कम हुने अनुमान


अस्ट्रेलिया । अस्ट्रेलियाको मूल्यवृद्धि (मुद्रास्फीति) सन् २०२४मा तीन प्रतिशतभन्दा कम हुने अनुमान गरिएको छ । अस्ट्रेलियन ट्रेजरीले आइतबार जारी गरेको प्रक्षेपणअनुसार मुद्रास्फीति दर डिसेम्बरसम्म दुई दशमलव ७५ प्रतिशत र सन् २०२५ को अन्त्यसम्ममा दुई दशमलव पाँच प्रतिशतमा झर्नेछ ।

ट्रेजरीले सरकारलाई सल्लाह दिने र अस्ट्रेलियालीका लागि बलियो र दिगो आर्थिक र वित्तीय परिणामहरू प्राप्त गर्न नीति र कार्यक्रमहरू लागू गर्दछ । सन् २०२४–२५ को संघीय बजेटअघि जारी गरिएको आधिकारिक तथ्यांकलाई कोषाध्यक्ष जिम चाल्मर्सले मंगलबार राति हस्तान्तरण गर्नेछन् ।

ट्रेजरी प्रक्षेपणले मुद्रास्फीति दर अस्ट्रेलियाको रिजर्व बैंकको लक्ष्य ब्यान्डमा दुई–तीन प्रतिशतको ब्यान्डमा फिर्ता आउनेछ । यो बैंकले मे महिनाको सुरुमा प्रकाशित गरेको दृष्टिकोणमा पूर्वानुमान गरेको थियो ।

‘मुद्रास्फीति अझै पनि अर्थतन्त्रमा सबैभन्दा ठूलो निकट–अवधि चुनौती हो, त्यसैले सरकारले यसका लागि केही गरिरहेको छ’, चाल्मर्सले आइतबार जारी भएको विज्ञप्तिमा भनेका छन् । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सको पछिल्लो तथ्यांकअनुसार मार्चको अन्त्यसम्मको १२ महिनामा मुद्रास्फीति तीन दशमलव छ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x