Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुकेधारामा भेटिएको शवको पहिचान खुल्यो

सुकेधारामा भेटिएको शवको पहिचान खुल्यो


काठमाडौं । काठमाडौं महानगरपालिका–४ सुकेधारामा भेटिएको शवको पहिचान खुलेको छ । मृतक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भएका ४४ वर्षीय भीषण गिरी रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

सुकेधारा चोकको रोयल मार्बल नजिकैकको सडकको नालामा उनी मृत अवस्थामा मंगलबार बिहान भेटिएका थिए । नालामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । उनको मृत्युको कारण खुलिसकेको छैन । घटनास्थल मुचुल्काको काम सकेर शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x