Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा यातायात र ढुवानीका साधनलाई कडाइ नगर्न आह्वान

भारतमा यातायात र ढुवानीका साधनलाई कडाइ नगर्न आह्वान


नयाँ दिल्ली, जेठ ३२
भारतका केन्द्रीय गृह सचिव अजय भाल्लाले यातायातका साधन र ढुवानीका साधनलाई कडाइ नगर्न आह्वान गरेका छन् । शुक्रबार पत्र लेख्दै उनले बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म बस, ट्रकलगायतलाई सञ्चालन गर्नका लागि अवरोध नगर्न आह्वान गरेका हुन् । सामाजिक दुरीलाई ख्याल गर्दै आफ्ना गतिविधिहरू गर्नदिने सरकारको नीतिअनुसार नै राजमार्गहरुमा उनीहरुलाई सहज सञ्चालनका लागि आग्रह गरिएको मन्त्रालयको भनाइ छ ।

उनले लकडाउनलाई खुकुलो बनाउनका लागि केही नयाँ व्यवस्थासहित निर्देशिका जारी गरिएको पनि जानकारी दिएका छन् । ‘अत्यावश्यक सेवा तथा कार्यबाहेक अन्य कार्यका लागि प्रतिबन्ध लगाइएकोमा अव केही खुल्ला गरिएको छ । विषेश गरेर बेलुका ९ बजेदेखि विहान ५ बजेसम्मका लागि खुल्ला गरिएको हो’, उनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ । जुनसुकै गतिविधि गर्दा पनि सामाजिक दूरी कायम गर्ने विषयमा भने ध्यान दिन पनि उनले आग्रह गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x