काठमाडौं । नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवाशूल्क (कमिसन) घटाएको छ । अर्थ मन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको बोर्डले जनाएको हो ।
‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची १४ मा रहेको धितोपत्र दलाली वापत लिनसक्ने सेवा शूल्क हेरफेरका लागि स्वीकृति प्रदान भई आएकोमा उक्त हेरफेर २०८१ जेठ १ गतेदेखि लागु हुने निर्णय भएको छ’, बोर्डले भनेको छ ।
यसअघि ५० हजारसम्मको कारोबारमा ०.४० प्रतिशत सेवा शूल्क लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई घटाएर ०.३६ प्रतिशत कायम गरिएको छ । त्यस्तै, ५० हजारदेखि रु पाँच करोडसम्मको कारोबारमा ०.३७ प्रतिशत सेवा शूल्क रहेकोमा त्यसलाई घटाएर ०.३३ प्रतिशत कायम गरिएको छ ।
बोर्डका अनुसार पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत सेवा शूल्क लाग्दै आएकोमा त्यसलाई ०.३१ प्रतिशतमा झारिएको छ । त्यस्तै २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.३० प्रतिशत सेवा शूल्क लाग्दै आएकोमा त्यसलाई ०.२७ प्रतिशतमा झारिएको छ ।
त्यसैगरी, एक करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत सेवा शूल्क लाग्दै आएकोमा ०.२४ प्रतिशतमा झारिएको धितोपत्र बोर्डले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया