कोरोना भाइरसबाट विश्वमा ४ लाख २८ हजार बढीको मृत्यु
काठमाडौं, जेठ ३२
कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २८ हजार ३ सय ४२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७७ लाख ४० हजार ५ सय ५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शनिबारसम्म कोरोना भाइरसका कारण बिरामी भएका ३९ लाख ६६ हजार ५ सय ६६ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ४५ हजार ५ सय ९७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ८ सय ८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख १६ हजार ९२२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १६ हजार ८ सय २५ बढी व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १३ लाख ५६ हजार २ सय ८ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ५७ हजार ८ सय ७० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २४ लाख २७ हजार २०७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४३ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ । युरोपमा २१ लाख ७३ हजार ५ सय ७८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८२ हजार ६७ को मृत्यु भएको छ । एसियामा १५ लाख ४६ हजार २ सय ७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३८ हजार ८ सय ३१ जनाको मृत्यु भएको छ । अफ्रिकामा २ लाख २७ हजार ६ सय ९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ८० जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९ सय ५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय २४ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया