Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना


काठमाडौं । सरकारले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने भएको छ । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने योजना सार्वजनिक गरिएको हो ।

आज सङ्घीय संसद् भवनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले दुर्गम र विकट क्षेत्रमा भू–उपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने बताए । उनले डिजिटल साक्षरता विकास गरी महिला, अल्पसङ्ख्यक एवम् पिछडिएको वर्ग, क्षेत्र र समुदायको सूचना प्रविधिमा पहुँच विस्तार गर्ने बताए ।

यसैगरी साइबर सुरक्षासम्बन्धी कार्यलाई प्रभावकारी बनाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x