Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा कोरोनाबाट २५ सय बढीको मृत्यु

पाकिस्तानमा कोरोनाबाट २५ सय बढीको मृत्यु


इस्लामावाद, जेठ ३२
भ्रष्टाचार आरोपमा थुनामा रहँदै आएका पाकिस्तानी पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोभिड–१९ संक्रमण भएको छ । पाकिस्तानी पत्रिका डनका अनुसार पूर्व प्रधानमन्त्री गिलानीलाई संक्रमण भएको सूचना उनकै छोरा कासिम गिलानीले ट्विटमार्फत सार्वजनिक गरेका छन् । पाकिस्तानी पूर्वप्रधानमन्त्रीका छोरा कासिमले देशको उच्च पदस्थ पदको जिम्मेवाारीसमेत सम्हालेका आफ्ना पिता जेलमा रहँदा संक्रमणको खतरा रहेको भन्दै धरौटीमा रिहा गरिदिन केही समय पहिले वर्तमान सरकारसँग अनुरोध गरेका थिए । पूर्व प्रधानमन्त्री गिलानीका छोरा कासिमले आफ्ना पिता कोभिड–१९ बाट संक्रमित भएपछि ट्वीटमा प्रधानमन्त्री इमरान खान र राष्ट्रिय उत्तरदायित्व विभागको आलोचना गर्नुभएको डनले समाचारमा उल्लेख गरेको छ ।

पाकिस्तानमा संक्रमित व्यक्तिको संख्या शनिबारसम्म एक लाख ३४ हजार ६ सय ६७ पुगेको छ भने दुई हजार ५ सय ७४ कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । डनका अनुसार युसुफलाई राष्ट्रिय उत्तरदायित्व विभागमा मुद्दामाथि सुनुवाईका लागि बिहीबार उपस्थित गराइएको थियो । उक्त समय पूर्वप्रधानमन्त्रीले कैयौँ वकीलहरूमा संक्रमण रहेको भन्दै न्यायधीशलाई मुद्दाको सुनुवाइका लागि आफू प्रत्यक्ष हाजिर नहुने गरी व्यवस्था गरिदिन आग्रह गरेको डनले लेखेको छ । पाकिस्तानमा पछिल्ला केही हप्तायता कयौँ उच्चपदस्थ राजनीतिज्ञ, कर्मचारी, चिकित्सक, नर्स तथा खेलाडीहरू समेतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x