मेलम्चीको पानी बाह्रै महिना उपत्यकामा आपूर्ति हुने व्यवस्था मिलाइने
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाण्डौ उपत्यकामा बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाई काठमाण्डौ उपत्यकाको चक्रपथबाहिर र भक्तपुरको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमशः खानेपानी आपूर्ति गरिने बताएका हुन् ।
उनले काठमाडौं उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न शिवपुरी राष्ट्रिय निकुञ्जलगायत जलाधार क्षेत्रमा रहेका स्रोतबाट पानी सङ्कलन गरी वितरण गर्ने प्रवर्द्धन मिलाइने पनि बताए । यस्तै सरकारको नीति तथा कार्यक्रममा तीनै तहको समन्वय र नागरिकको सहभागिता सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । ‘एक घर एक धारा’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने पनि उल्लेख छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
- बहुवर्षीय ठेक्कामा अर्थ मन्त्रालयका दुई सर्त
- सुनचाँदी धितोमा बैंकहरूले दिए ५८ अर्ब कर्जा
- नेपाल–भारतबीचको समस्या समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
- विगत पाँच वर्षदेखि निरन्तर घाटामा वायुसेवा निगम
- इजरेल किन अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाउने काम रोक्दैन ?
- दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
- उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया