परम्परागत शैली प्रयोग गरेर नमुना बस बिसौनी निर्माण
काठमाडौं । काठमाडौं महानगरपालिकाले परम्परागत शैली प्रयोग गरेर नयाँ बानेश्वरमा नमुना बस बिसौनी ‘फल्चा’ निर्माण गरी सञ्चालनमा ल्याएको छ । नयाँ बानेश्वरबाट बबरमहलतर्फ आउने सडक खण्डमा निर्माण गरिएको बस बिसौनी मंगलबारबाट सञ्चालनमा आएको हो । यहाँ एकै किसिमका दुई फल्चा निर्माण भएका छन् । यस्तै, बबरमहलबाट नयाँ बानेश्वरतर्फको सडकखण्डमा पनि फल्चा निर्माण भइरहेको छ । सो फल्चा आउँदो महिनाभित्र सञ्चालनमा आउने काठमाडौं महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । निर्माण सम्पन्न फल्चाको उद्घाटन गर्दै उनले परम्परागत शैली प्रयोग गरेर निर्माण गरिएको यस्ता संरचनाहरूलाई सबैले जर्गेना गर्नुपर्ने बताए । यस क्षेत्रमा राजनीतिक आन्दोलन धेरै हुने उल्लेख गर्दै उनले आन्दोलनको नाममा संरचनाहरू मारमा पर्न नहुनेमा उनले जोड दिए ।
फल्चा निर्माणमा स्थानीयवासी सहभागी भएकाले यसको संरक्षण गर्न उनीहरूले निगरानी गर्ने निर्माण समितिका संयोजक एवं वडा सदस्य सतिश तण्डुकारले बताए । यसमा नगर प्रहरीले पनि सहयोग गर्ने उनको भनाइ थियो । महानगर प्रहरी बल पूर्व क्षेत्रका प्रमुख नगर प्रहरी उपरीक्षक दिनेशराज अर्यालले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी आफूहरूको रहेकाले यस्ता सम्पत्तिको दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाए । उक्त फल्चा ६२ लाख रुपैयाँको लागतमा निर्माण गरिएका हुन् । यसमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । बस्नका लागि काठकै मेच राखिएका छन् । बिसौनीभित्र बत्ती जडान गरिएका छन् । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं महानगरभित्र प्रतिक्षालयका रूपमा ‘फल्चा’ निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।
क्याटेगोरी : महानगर
ट्याग : #Page 8
ताजा अपडेट
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया