ब्राजिलमा संक्रमित ९ सय ९ जनाको एकै दिनमा मृत्यु
रियो दि जेनेरियो, जेठ ३२
ब्राजिलमा कोभिड–१९ संक्रमित ९०९ जनाको एकै दिनमा मृत्यु भएको दक्षिण अमेरिकी उक्त मुलुकको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले स्थानीय समय अनुसार शुक्रबार रातिसम्मको तथ्यांकलाई सार्वजनिक गर्दै भनेको छ, ‘विगत २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ सय ९ पुगेको र योसँगै अहिलेसम्म ब्राजिलमा कोरोनाभाइरस संक्रमणको महामारीबाट मृत्यु हुने व्यक्तिको संख्या ४१ हजार ८ सय २८ पुगेको छ ।’
उक्त अवधिमा ब्राजिलमा थप संक्रमित हुनेको संख्या २५ हजार ९ सय ८२ पुगेसँगै ब्राजिलमा अहिलेसम्म कोभिड–१९ संक्रमितको संख्या आठ लाख २८ हजार ८ सय १० पुगेको मन्त्रालयले पुष्टि गरेको छ । ब्राजिलमा एक दिन पहिले नयाँ संक्रमितको संख्या ३० हजार ४१२ रहेको थियो भने एक हजार २ सय ३९ संक्रमितको मृत्यु भएको थियो । शनिबारसम्ममा कोरोनाभाइरस संक्रमितको संख्याका हिसाबले ब्राजिल अमेरिकापछि दोस्रो धेरै संक्रमित भएको देश बनेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया