आईपीएल क्रिकेट : राजस्थान र पञ्जाब भिड्दै, राजस्थानलाई शिर्ष स्थानमा पुग्ने मौका
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज राजस्थान रोयल्स र पञ्जाब किंग्स बीच प्रतिस्पर्धा हुँदैछ । यो सिजनको ६५ औँ खेलमा राजस्थान र पञ्जाब भिड्न लागेका हुन् ।
खेल नेपाली समय अनुसार साँझ पौने आठ बजे सुरु हुने छ । दुवै टोली यो सिजनमा दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा राजस्थानले पञ्जाबलाई उसैको घरमा ३ विकेटले पराजित गरेको थियो ।
राजस्थान आजको खेल जितेर शीर्ष–२ मा रहेर लिग चरण पूरा गर्न चाहन्छ । जबकि पञ्जाब पहिले नै प्लेअफको दौडबाट बाहिर भइसकेको छ । राजस्थानको १२ खेलमा ८ जित र ४ हारबाट १६ अङ्क छ । टोली अङ्क तालिकाको दोस्रो स्थानमा छ । उता पञ्जाब तालिकाको पुछारमा छ । टोलीले १२ खेलमा ४ जित र ८ हारबाट ८ अङ्क जोडेको छ ।
यी दुई टोलीबिच अहिलेसम्म २७ वटा आईपीएल खेल भइसकेका छन् । जसमध्ये राजस्थानले १७ जित हात पारेको छ भने पञ्जाबले ११ खेल जितेको छ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया