Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा लगानी गर्न पोल्यान्डलाई चेम्बरको आग्रह

नेपालमा लगानी गर्न पोल्यान्डलाई चेम्बरको आग्रह


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्यान्ड सरकारसँग आग्रह गरेको छ । चेम्बर पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्यान्डका आवासीय कार्यबाहक राजदूत डा सेवास्टियन डोमजाल्स्कीबीच मंगलबार भएको भेटमा चेम्बर अध्यक्ष कमलेश अग्रवालले नेपालको ग्रिन हाइड्रोजनमा लगानीका लागि आग्रह गरे ।

अध्यक्ष अग्रवालले भने, ‘नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको सम्भावना उच्च छ, विश्वमै ग्रिन हाइड्रोजनको माग उच्च छ ।’ पोल्यान्ड नेपालको पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक भएकाले पनि नेपाल लगानीका लागि आर्कषक गन्तव्य भएको उनले जानकारी गराए । नेपालमा अन्तर्राष्ट्रिय लगानीका लागि नीतिगत तवरमै सहजीकरण गरिने र लगानीको प्रतिफलको सुनिश्चितता गरिएको अध्यक्ष अग्रवालले बताए । उनले नेपालको जलविद्युत्, पर्यटन, खानीलगायतका क्षेत्रमा लगानीका लागि डा सवेस्टियन समक्ष आग्रह गरे । उनले पर्यटकीय आर्कषक गन्तव्यहरू समेत धेरै भएकाले पोल्यान्डका नागरिकलाई नेपाल भ्रमणमा आउने वातावरण बनाउन समेत डा सवेस्टिएन समक्ष आग्रह गरे ।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा आवसीय कार्यबाहक राजदूत डा सेवेस्टियनले नेपालको चिया र कफीको बजार सम्भावना खोज्न सकिने बताए । दुई देशबीचको कूटनीतिक सम्बन्ध निकै पुरानो भएकाले आर्थिक दृष्टिकोणले पनि फाइदा खोज्नुपर्ने उनको भनाइ थियो । यस्तै, पोल्यान्डका लागि नेपालका कन्सोल जेनेरल लोकमान्य गोल्छाले नेपालको राम्रो कूटनीतिक सम्बन्ध भएको पोल्यान्डमा निर्यातको प्रचुर सम्भावना रहेको बताए । दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा दुई मुलुकबीच आर्थिक सम्बन्ध विस्तार एवं लगानी प्रवर्द्धनबारे छलफल भएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x