Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सद्वारा विपन्न विद्यार्थीलाई स्टेसनरी वितरण

समृद्धि फाइनान्सद्वारा विपन्न विद्यार्थीलाई स्टेसनरी वितरण


काठमाडौं । समृद्धि फाइनान्सले कसाह शाखा र खरेन्द्रपुर शाखाबाट स्टेसनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । वैशाख २८ गते शुक्रबार कसाह चियाबारीको श्री आधारभुत विद्यालयका ३० जना र खरेन्द्रपुर दकहीयाको श्री राट्रिय आधारभूत विद्यालयका ३० जना विपन्न वर्गका जेहेन्दार विद्यार्थीलाई कापी र कलम वितरण गरेकोे हो ।

फाइनान्सले मासिकरूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमहरूको सूचीमध्येको सो कार्यक्रम खरेन्द्रपुर शाखाले शिवराज नगरपालिकाका मेयर अजय थापा र कसाह शाखाले वडा अध्यक्ष रामभरोश यादवको अध्यक्षतामा सम्पन्न गरेको हो । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक महिनाको लागि फरक–फरक कार्यक्रमहरू तय गरेको र आउने महिनाहरूको लागि विभिन्न मितिहरूमा अन्य कार्यक्रमहरू आयोजना गर्ने तालिका रहेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x