अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
काबुल । अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा एक सय २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
फरयाब प्रान्तमा शनिबार राति मात्र बाढीका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको संस्कृति तथा सूचना विभागका प्रान्तीय निर्देशक सम्सुद्दिन मोहम्मदीले बताएका छन् ।
फरयाब प्रान्तका अर्का अधिकारीले सोही दिन दिउँसो १८ जनाको मृत्यु भएको बताए । ‘यससँगै अफगानिस्तानमा बाढीमा परी पछिल्ला दुई दिनमा बाढीमा परी मृत्यु हुनेको संख्या एक सय २० पुगेको छ’, मोहम्मदीले बताए ।
प्रान्तको बेलचाराग, चेहलगाजी र कारघान जिल्लामा भएको प्राकृतिक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् । यस्तै घोर प्रान्तमा शुक्रबार र शनिबार आएको बाढीबाट ज्यान गुमाउनेको संख्या ५५ पुगेको घोर प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले आइतबार बताएका छन् । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया