Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार३५ खर्बभन्दा बढीको अन्तरबैंक कारोबार

३५ खर्बभन्दा बढीको अन्तरबैंक कारोबार


काठमाडौं । बैंक तथा वित्तीय संस्थाबीच एक आपसमा अल्पकालीन अवधिको लागि हुने अन्तरबैंक कारोबार रकम ३५ खर्ब रूपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा ५४ वटा बैंक तथा वित्तीय संस्थाले ३५ खर्ब आठ अर्ब चार करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका हुन् । यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच खर्ब २५ अर्ब ७१ करोड रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रको कुल अन्तरबैंक कारोबार रकम २९ खर्ब ८३ अर्ब ६९ करोड रूपैयाँ थियो ।

यस अवधिमा वाणिज्य बैंकहरूले मात्र कुल ३१ खर्ब ८६ अर्ब ४४ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । वाणिज्य बैंकहरूले गरेको यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार खर्ब ७० अर्ब ५४ करोड रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले मात्र कुल २७ खर्ब १५ अर्ब ९० करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा विकास बैंक र वित्तीय संस्थाले भने तीन खर्ब २१ अर्ब ६० करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यो कारोबार रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४ अर्ब ८१ करोड रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंक र वित्तीय संस्थाले कुल दुई खर्ब ६६ अर्ब ७९ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।

राष्ट्र बैंकका अनुसार अन्तरबैंक कारोबार बढेपछि यसको असर बैंकिङ क्षेत्रको ब्याजदरमा परेको छ । सोही आधारमा बैंक तथा वित्तीय संस्थाबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७९ चैतमा सात दशमलव शून्य एक प्रतिशत रहेकोमा २०८० चैतमा तीन दशमलव १० प्रतिशत कायम भएको छ । २०८० चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर आठ दशमलव ५१ प्रतिशत, विकास बैंकहरूको १० दशमकलव ४१ प्रतिशत र वित्तीय संस्थाको १२ दशमलव शून्य दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव ४८ प्रतिशत थियो । २०८० चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ५३ प्रतिशत, विकास बैंकहरूको सात दशमलव ५८ प्रतिशत र वित्तीय संस्थाको आठ दशमलव ८२ प्रतिशत छ ।

राष्ट्र बैंकका अनुसार २०७९ चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव २६ प्रतिशत कायम भएको थियो । त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० चैतमा वाणिज्य बैंकहरूको १० दशमलव ५५ प्रतिशत, विकास बैंकहरूको १२ दशमलव शून्य सात प्रतिशत र वित्तीय संस्थाको १३ दशमलव ३६ प्रतिशत छ । २०७९ चैतमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ८४ प्रतिशत कायम भएको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x