Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच तीन सय ६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता

इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच तीन सय ६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता


काठमाडौं । विगत २२ वर्षदेखि आईसीटी क्षेत्रमा काम गर्दै आइरहेको इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच इन्फोडेभलपर्सले उत्पादन गरेको बजेट तीन सय ६० सफ्टवेयर–अटोमेटेड बजेटिङ सोलुसन प्रयोगमा ल्याउने सम्झौता भएको छ ।

प्राइम कमर्सियल बैंकको कमलपोखरीस्थित प्रधान कार्यालयमा भएको सम्झौतामा प्राइम कमर्सियल बैंकको तर्फबाट महाप्रबन्धक अमृत चरण श्रेष्ठ र इन्फोडभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रवीण सुवेदीले हस्ताक्षर गरेका हुन् । बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै सरल, अनुकूल र गतिशील बजेटिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ इन्फोडेभलपर्सले ल्याएको बजेट तीन सय ६० सफ्टवेयरले बजेटिङ गर्ने प्रक्रियालाई सहज बनाउँदै स्वचालितरूपमा त्रुटिहरूलाई कम गरी बजेटको निर्माण, बाँडफाँट, अनुगमन तथा रिपोर्टहरू तयार गर्न सहज हुने इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण सुवेदीले बताए ।

बैंक तथा वित्तीय संस्थाको बजेट निर्माण, तर्जुमा, कार्यान्वयन, अनुगमन र नियन्त्रण गर्न सहयोग पुर्याउने बजेट तीन सय ६० स्वचालित बजेटिङ प्रणाली हो । जसको माध्यमबाट गत वर्षको तथ्यांकमा आधारित रहेर आगामी आर्थिक वर्षको लागि बजेट निर्माणको सबै प्रक्रिया गर्न सकिन्छ । बजेट तीन सय ६० को कार्यान्वयनले बजेट निर्माण प्रक्रियामा सहजता, झन्झटरहित र प्रयोगकर्तामैत्री इन्टरफेसका साथ स्वचालित प्रक्रियामा वित्तीय अन्तरदृष्टि तथा रिपोर्टहरू प्रदान गर्नका साथै नियमित अनुगमन र कार्यान्वयनमा समेत सहयोग पुर्याउने विश्वास लिएको र उत्कृष्टताको खोजीमा पाएकोमा इन्फोडभलपर्सको उत्पादन बजेट तीन सय ६० प्रयोगमा ल्याउन पाएकोमा हर्षित भएको प्राइम कमर्सियल बैंकका महाप्रबन्धक अमृत चरण श्रेष्ठले बताएका छन् ।

सन् २००२ मा स्थापना भएको इन्फोडेभलपर्स प्रालि सहकारी, बैंक तथा वित्तीय संस्थाहरूको लागि कोर बैंकिङ प्रणाली, मोबाइल बैंकिङ प्रणाली, स्वचालित कार्य सञ्चालन प्रणाली, बजेट तीन सय ६०, रिकन्सिलेसन सिस्टम, मानव संसाधन विकास प्रणालीलगायतका सफ्टवेर तथा प्रोडक्टहरू विकास गर्ने अग्रणी फिनटेक कम्पनी हो । नेपाल सरकार बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी र बैंक तथा वित्तीय संस्थाहरूको विभिन्न प्रोडक्ट परियोजना र सेवा दिने इन्फोडेभलपर्समा हाल तीन सय ५० भन्दा बढी कर्मचारीहरू कार्यरत छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x