Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसाइमेक्स इंकद्वारा एकै दिन ५० युनिट बीवाईडी ईभीको डेलिभरी

साइमेक्स इंकद्वारा एकै दिन ५० युनिट बीवाईडी ईभीको डेलिभरी


काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ । शनिबार काठमाडौंको गुह्येश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा सो ऐतिहासिक इभेन्ट सम्पन्न भएको हो ।

उत्साह र प्रतीक्षाले भरिएको सो इभेन्टमा उत्सुक ग्राहकहरूलाई बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी डेलिभरी गरिएको थियो । यसले नेपालमा दिगो र वातावरणमैत्री यातायात समाधानतर्फ उदाहरणीय परिवर्तनको संकेत गरेको कम्पनीको दाबी छ । अटोमोटिभ उद्योगमा भएको नवप्रवर्तन र प्रगतिशीलतालाई उत्साहपूर्वक मनाउनका लागि उच्चतम मापदण्डहरूमा पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरले एउटा उपयुक्त स्थलको रूपमा कार्य गरेको छ ।

सो अवसरमा रोड साइड असिस्टेन्स (आरएसए) भेइकलको रूपमा बीवाईडी ई६ समेत सार्वजनिक गरिएको थियो, जुन पहिलो पटक २०१७ मा भित्रिएको थियो । बीवाईडी ईभी प्रयोगकर्ताहरूका लागि आवश्यक सपोर्ट र सर्भिस प्रदान गर्ने सन्दर्भमा साइमेक्सको अडिग प्रतिबद्धतालाई यसले प्रमाणित गरेको कम्पनीले जनाएको छ । निर्वाध र रमाइलो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्न तथा ग्राहक सन्तुष्टि र सुरक्षाका लागि समेत यसले महत्वपूर्ण भूमिका खेल्ने छ । ‘सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभरी गरेर र सात वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेहिकलको रूपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेको साइमेक्स इंकका सर्भिस हेड सुशील तण्डुकारले बताए ।

कम्पनीका बीवाईडी डल्फिन र बीवाईडी एट्टो ३ एड्भान्स्ड फिचर, सुपेरियर पर्फमेन्स र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय छन् । यी गाडी इनर्जी एफिसियन्ट समेत छन् । इलेक्ट्रिक मोबिलिटी सोलुसन उपलब्ध गराई यसको प्रयोग बढाउन भूमिका खेलेर साइमेक्स इंकले नेपाललाई अझै सफा र हरियाली बनाउने लक्ष्य लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x