नेसनल लाइफको नेसनल अवार्ड कार्यक्रम
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले नेसनल अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले इटहरीस्थित होटल सोल्टी वेस्टेन्डमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेसनल अवार्डअन्तर्गत नेसनल रत्न छनौट हुन सफल कोशी र मधेश प्रदेशका करिब ८० जना अभिकर्ताहरूलाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरेको समारोहमा सहभागी अभिकर्ताहरूलाई बजार विभाग प्रमुख विवेक शर्माले व्यावसायिक अभिकर्ता उत्पादन गर्न कम्पनीले ल्याउने यस प्रकारको योजनाहरू प्रभावकारी हुने बताएको छ । समारोहमा नेसनल अवार्ड विजेता अभिकर्ताहरूलाई नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृतले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभरबाट नेसनल रत्नमा उत्साहजनकरूपमा अभिकर्ताहरू छनौट हुन सफल भएको बताए ।
उनले नेसनल रत्नमा छनौट हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीयरूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुसार कोशी र मधेश प्रदेशका अभिकर्ताहरूबाट सम्मान कार्यक्रम सुरु गरिएको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरूलाई पनि छिट्टै नै सम्मान गरिने व्यहोरा जानकारी गराए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतसहित केन्द्रीय कार्यालयका प्रबन्धक विवेक शर्मा, सहायक प्रबन्धक सुष्मिता शर्मा, कोशी प्रदेश प्रमुख नरेन्द्रकुमार बाच्छाना राईलगायत विभिन्न शाखा कार्यालयहरूबाट शाखा प्रमुखहरूको समेत सहभागिता रहेको थियो । सम्मानित बिजनेस लिडरहरूले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया