दोलखामा हाडजोर्नी शिविर सञ्चालन
दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा हाडजोर्नी शिविर सञ्चालन भएको छ । चार दिने सो निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन् ।
रोटरी क्लब अफ काठमाडौं वेस्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौं, भीमेश्वर नगरपालिका र पशुपति चौलागाईं स्मृति अस्पतालको संयुक्त आयोजनामा भएको शिविरलाई मेड–सोलुसन फाउन्डेसन स्वीजरल्यान्डले प्रायोजन गरेको थियो । शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँचजनाको टोलीसँगै एकजना वरिष्ठ एनेस्थेसिस्ट र पाँचजना नर्सले सेवा प्रवाह गरेका थिए । नेपाल अपाङ्ग सङ्घ अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौंका वरिष्ठ एनेस्थेसिस्ट चिकित्सक संयुक्त आचार्यले शिविरबाट दोलखाका विभिन्न स्थानका बिरामीहरूले सेवा लिएका बताए । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा रचित शर्माले शिविरमा ३९ जनाको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिए । शिविरपछि चिकित्सकको टोलीलाई पशुपति चौलागाईं स्मृति अस्पतालका अध्यक्ष भरतनारायण प्रधानले धन्यवाद दिए ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया