भारतको सेयरबजार पुँजीकरण पहिलो पटक ५० खर्ब डलर पुग्यो
नयाँदिल्ली । भारतको सेयरबजार पुँजीकरण (एम–क्याप) मंगलबार पहिलो पटक ५० खर्ब (५ ट्रिलियन) अमेरिकी डलर पुगेको छ । घरेलु इक्विटी बेन्चमार्कहरू तीव्र बढिरहेका कारण बजार पुँजीकरण बढेको हो । मंगलबार ‘इन्ट्रा डे’ कारोबारमा बम्बे स्टक एक्सचेन्ज (बीएसई)मा सूचीकृत सबै सेयरहरूको संयुक्त बजार पुँजीकरण चार सय १४ दशमलव ४६ ट्रिलियन भारु (पाँच ट्रिलियन डलर) पुगेको छ । जुन यस वर्षको सुरुदेखि छ सय ३३ बिलियन डलरभन्दा बढी हो ।
बीएसईको कुल बजार पुँजीकरण सन् २०२३ नोभेम्बरमा चार ट्रिलियन डलर पगेको थिया । त्यसको छ महिनामा पाँच ट्रिलियन डलर पुगेको छ । सन् २००७ मेमा एक ट्रिलियन डलर बजार पुँजीकरण थियो । त्यसको एक दशकमा दोब्बर भएर सन् २०१७ जुलाईमा दुई ट्रिलियन डलर पुगेको थियो । त्यसपछि सन् २०२१ मे महिनामा तीन ट्रिलियन डलर पुगेको थियो ।
अहिले विश्वभरका चारवटा सेयरबजार अमेरिका, चीन, जापान र हङकङ मात्रै पाँच ट्रिलियन डलरभन्दा माथिको क्लबमा छन् । अब भारत पनि त्यो क्लबमा थपिएको छ । अमेरिकी सेयरबजार करिब ५५ दशमलव ६५ ट्रिलियन डलर बजार पुँजीकरणसहित अगाडि छ । त्यसपछि चीनको नौ दशमलव चार ट्रिलियन डलर, जापानको छ दशमलव ४२ ट्रिलियन डलर र हङकङको पाँच दशमलव ४७ ट्रिलियन डलर बजार पुँजीकरण छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया