उद्धार उडानको भाडादर घटाउने निर्णय
काठमाडौं, असार १
नेपाल वायुसेवा निगमले उद्धार उडानको भाडादर घटाउने निर्णय गरेको छ । निगमले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई उद्धार उडान गर्दा सहुलियतपूर्ण भाडादरमा सेवा उपलब्ध गराउँदै आएको छ । यस्ता उडानहरुमा यात्रुहरु एकतर्फी मात्र हँुने गर्दा निगमले लागत खर्चलाई मात्र आधार गरी उडान भाडादर निर्धारण गरेको हो ।
निगमलाई यस्तो उडानमा अन्य कुनै संस्था वा निकायबाट आर्थिक सहयोग प्राप्त नभए पनि सामाजिक उत्तरदायित्वलाई मनन गर्दै उद्धार उडानको भाडादर अझ घटाउने निर्णय गरेको छ । यस निर्णयबाट विशेष गरी खाडी राष्ट्रहरु मलेशिया र साइप्रसमा रहेका नेपालीलाई प्रत्यक्ष राहत पुग्ने निगमको भनाइ छ । उडान गर्दा इन्धन, ओभरफ्लाइट, ल्याण्डिङ, एयरक्राफ्ट ह्याण्डलिङ, मर्मतसम्भार आदि खर्च लाग्छ तर उद्धार उडान गर्दा प्रत्यक्ष सञ्चालन खर्च उठे पनि अन्य खर्च उठ्न नसक्ने अवस्था रहेको निगमले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अवैध लागुऔषधसहित तीन जना पक्राउ
- मनाइयो संविधान दिवस
- ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने
- भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो
- संस्थागत क्षमता स्व–मूल्याङ्कनमा तिलोत्तमा सबैभन्दा अगाडि
- समसामयिक राजनीतिक व्यङ्ग्य
- श्रीअजन्ता इलेक्ट्रिकमाथि राजस्वको अनुसन्धान सुरु
- सरकारले लियो दुई महिनामा एक खर्ब ऋण, ३९ अर्ब भुक्तानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया