Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकहरूको निष्क्रिय कर्जा दुई खर्ब नाघ्यो

बैंकहरूको निष्क्रिय कर्जा दुई खर्ब नाघ्यो


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा (खराब कर्जा) दुई खर्ब रुपैयाँ नाघेको छ । गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ३० अर्ब ३४ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरूको औसत निष्क्रिय कर्जा तीन दशमलव ९८ प्रतिशत छ । यस आधारमा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा दुई खर्ब तीन अर्ब ७८ करोड ९८ लाख रुपैयाँ देखिएको छ ।

गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ४८ खर्ब ८६ अर्ब ५१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसबेला बैंकहरूको निष्क्रिय कर्जा औसत तीन दशमलव ३४ प्रतिशत अर्थात् एक खर्ब ७३ अर्ब २० करोड ९६ लाख रुपैयाँ थियो । एक वर्षमा बैंकहरूको खराब कर्जा शून्य दशमलव ६४ प्रतिशत विन्दु अर्थात् ४० अर्ब ५८ करोड दुई लाख रुपैयाँ बढेको छ ।

२०८० चैत मसान्तमा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा तीन दशमलव ८९ प्रतिशत अर्थात् एक खर्ब ७५ अर्ब ९९ करोड ६८ लाख रुपैयाँ छ । वाणिज्य बैंकहरूले प्रवाह गरेको कुल कर्जा ४५ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ४३ खर्ब ३० अर्ब ५९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव २३ प्रतिशत अर्थात् एक खर्ब ३९ अर्ब ८७ करोड ८२ लाख रुपैयाँ निष्क्रिय कर्जा थियो । एक वर्षमा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा शून्य दशमलव ६६ प्रतिशत अर्थात् ३६ अर्ब ११ करोड ८५ लाख रुपैयाँ बढेको छ ।

No description available.

विकास बैंकहरूको निष्क्रिय कर्जा २०८० चैत मसान्तसम्म १८ अर्ब १० करोड ६३ लाख रुपैयाँ देखिएको छ । चैत मसान्तसम्म विकास बैंकहरूले चार खर्ब ९८ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये तीन दशमलव ६३ प्रतिशत निष्क्रिय कर्जा छ । एक वर्षअघि २०७९ चैतमा विकास बैंकहरूले चार खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेकामा त्यसको तीन दशमलव चार प्रतिशत अर्थात् १५ अर्ब ७५ करोड २५ लाख रुपैयाँ निष्क्रिय कर्जा थियो । एक वर्षमा विकास बैंकहरूको निष्क्रिय कर्जा शून्य दशमलव २३ प्रतिशत विन्दु अर्थात् दुई अर्ब ३५ करोड ३७ लाख ९१ हजार रुपैयाँ बढेको छ ।

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा २०८० चैतमा १० अर्ब १० करोड ९८ लाख रुपैयाँ देखिएको छ । फाइनान्स कम्पनीहरूले ९७ अर्ब २१ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा १० प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा देखिएको हो । यो निष्क्रिय कर्जा एक वर्षअघिको तुलनामा दुई दशमलव २१ प्रतिशत विन्दु अर्थात् दुई अर्ब ५२ करोड ५० लाख रुपैयाँ बढी हो । एक वर्षअघि २०७९ चैत मसान्तसम्मको अवधिमा फाइनान्स कम्पनीहरूले ९२ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा आठ दशमलव १९ प्रतिशत अर्थात् सात अर्ब ५८ करोड ४७ लाख ५९ हजार रुपैयाँ निष्क्रिय कर्जा देखिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x