दक्षिण कोरियाले चिप्स उद्योगमा १९ अर्ब डलर खर्च गर्ने
सियोल । दक्षिण कोरियाले सेमिकन्डक्टर उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलर खर्च गर्ने भएको छ । कोरियाली राष्ट्रपति युन सुक योलले बिहीबार यस्तो घोषणा गरेका हुन् ।
दक्षिण कोरियाले गतवर्ष चार खर्ब ५६ अर्ब अमेरिकी डलर निजी लगानी प्रयोग गरेर विश्वकै सबैभन्दा ठूलो सेमीकन्डक्टर उद्योग निर्माण गर्ने बताएको थियो । यही योजनाअन्तर्गत बिहीबार राष्ट्रपति योलले २६ ट्रिलियन कोरियन वोनबराबरको सेमिकन्डक्टर उद्योग निर्माणका लागि कार्यक्रम तय गरिएको बताएका हुुन् ।
राष्ट्रपति योलले रोजगारी बढाउने र उद्योगमा थप प्रतिभा आकर्षित गर्ने अपेक्षासहित लगानी विस्तार गर्ने बताएका छन् । नयाँ प्याकेजका लागि कोरिया विकास बैंकमार्फत १७ ट्रिलियन वोनको नयाँ सेमिकन्डक्टर वित्तीय सहायता कार्यक्रम सञ्चालन हुने र यसले नयाँ लगानीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
हाल दक्षिण कोरियामा विश्वमै सबैभन्दा धेरै मेमोरी कार्ड र चिप्स उत्पादन गर्ने सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता ख्यातिप्राप्त कम्पनीहरु सञ्चालनमा छन् । सियोलले यस महिनाको सुरुमा चिप उद्योगलाई सहयोग गर्न सात अर्ब डलर बढीको सहयाता प्याकेज स्थापना गर्ने घोषणा गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया