ढाका–ग्वान्झाउ उडान स्थगित
बेइजिङ, असार १
चिनियाँ नागरिक उड्डयन नियामक निकायले चाइना साउदर्न एयरलाइन्सको ढाका–ग्वान्झाउ उडान स्थगित गरेको छ । गत जुन ११ को ढाका–ग्वान्झाउको उडानमा सवार १७ जना यात्रुमा कोभिड–१९ को संक्रमण देखिएपछि चार हप्ताका लागि उडान स्थगित गर्नु परेको अधिकारीहरुले बताएका छन् । चिनियाँ नागरिक उड्डयन प्राधिकरणले विमानमा यात्रा गर्न चाहने व्यक्तिमा लगातार तीन सातासम्म कोरोना भाइरस नेगेटिभ हुनुपर्ने नियम बनाएको छ ।
प्राधिकरणले कोरोना नेगेटिभ देखिएको अवस्थामा ढाका उडान हप्तामा २ वटा गर्न सक्ने जनाएको छ । तर यदि कोरोना पोजेटिभ भएका यात्रुको संख्या ५ भन्दा बढी पाइए त्यस्तो बिमान सेवालाई एक साता उडान गर्न नपाउने गरी प्रतिबन्ध लगाइने छ । तर पोजेटिभ भएका यात्रुको संख्या १० भन्दा बढी भए यस्तो प्रतिबन्ध चार हप्ता गरिने प्राधिकरणले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया