Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेइजिङको प्रमुख सीफुड र तरकारी बजार बन्द

बेइजिङको प्रमुख सीफुड र तरकारी बजार बन्द


बेइजिङ, असार १
कोभिड–१९ बाट संक्रमित ५३ नयाँ बिरामी भेटिएपछि चीनले राजधानीस्थित प्रमुख सीफुड र तरकारी बजार सिनफादी बजारलाई बन्द गर्ने घोषणा गरेको छ । सिनफादी बजारमा काम गर्ने वा पसल गर्ने ५३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएपछि चिनियाँ प्रशासनको यो निर्णय लिएको हो । कोभिड–१९ का नयाँ विरामी भेटिएपछि चीन सरकारले अस्थायीरूपमा सिनफादी सीफुड तथा तरकारी बजार तथा नजिकमा रहेका ११ आवासीय क्षेत्र तथा नौ विद्यालयलाई लकडाउन गरेको न्यूयोर्क टाइम्सले बेइजिङस्थित चिनियाँ जनस्वास्थ्य आयोगलाई उद्धृत गरी समाचार लेखेको छ ।

विगत केही समय (महिनौ) देखि चीनले कोरोनाभाइरस नियन्त्रणमा ल्याएको बताउँदै आएको भएपनि पछिल्ला केही हप्तामा यदाकदा नयाँ संक्रमित बिरामीहरू भेटिन थालेका छन् । बेइजिङ नगर सरकारका प्रवक्ता सु हेजिआनले सोमबार पत्रकार सम्मेलनमा भनेका कुरालाई उद्धृत गर्दै वासिङ्टन पोष्टले लेखेको छ, ‘हामीले हरेक व्यक्तिलाई महामारीका रूपमा विश्वभर फैलिएको स्वास्थ्य सुरक्षाका उपायलाई एक पल पनि नछोड्न सचेत बनाइरहेका छौँ । हामीले भाइरसविरूद्धको लामो लडाईंका लागि तयार हुनैपर्छ ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x