औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी तालिम
विराटनगर । उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप स्तरोन्नति तालिम सञ्चालन गरेको छ । उद्योगमा कार्यरत प्राविधिकहरूलाई किफायती ऊर्जा खपतमा सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित ईनर्जी इफिसियन्सी तालिममा २२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
इन्स्योर परियोजनासँगको सहकार्यमा सञ्चालित संगठनको सीप विकास कार्यक्रममा स्थानीय उद्योगमा कार्यरत प्राविधिकहरूलाई २० दिने तालिम तालिम प्रदान गरिएको हो । तालिमको समापन तथा पुरस्कार वितरण कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै उद्योग प्रतिष्ठानमा कार्यरत जनशक्तिको ज्ञान र सीप अभिवृद्धि भए उद्योगको उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने बताए । उनले उद्योग प्रतिष्ठानले भोग्दै आएको दक्ष प्राविधिकको अभावलाई मध्यनजर गरी उद्योगहरूको आवश्यकताका आधारमा संगठनले पाठ्यक्रम तयार गरी तालिम सञ्चालन गर्दै आएको पनि जानकारी गराएका थिए । उनले यस प्रकारको तालिम सञ्चालनका लागि उद्योगहरूको वढ्दो अभिरुचिप्रति खुसी व्यक्त गर्दै प्रत्येक तालिमलाई कर्मचारीहरूले जीवनपर्यन्त सिकाइको प्रक्रियाका रूपमा लिई आफ्नो कार्यसम्पादन क्षमतामा सुधार गर्न अनुरोध गरे ।
तालिमका प्रशिक्षक सञ्जय कुमार साहले तालिम अवधिमा प्राविधिकहरूलाई ऊर्जा खपत न्यूनीकरणका उपायहरू, खेर गइरहेको ऊर्जा नियन्त्रण तथा मेसिनको प्रयोग र सञ्चालन विधि, प्राप्त ऊर्जाको समुचित उपयोग एवं व्यवस्थापन, ऊर्जा दक्षता पद्धति र महत्वका विषयहरू तालिममा समेटिएको जानकारी दिएका थिए । साथै, संगठनले अरिहन्त मल्टिफाइबर्स लिमिटेडमा जुट ब्याचिङसम्बन्धी तालिम तथा परिवर्तित सन्दर्भमा प्राविधिकहरूलाई इन्डस्ट्रिज अटोमेसिन भेरिएबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी)सम्बन्धी तालिम पनि संगठन हाताभित्र एकै साथ सञ्चालन गरेको जानकारी दिएको छ । संगठनले यसअघि पनि विभिन्न उद्योग प्रतिष्ठानका प्राविधिकहरूलाई एकै थलोमा जम्मा गरी तालिम दिँदै आएको जनाएको छ ।
सिकाइलाई थप प्रभावकारी बनाउनका लागि पछिल्लो समय सम्बन्धित उद्योगको कार्यस्थलमै राखेर तालिम सञ्चालन गर्ने नयाँ अभ्यासअन्तर्गत यो तालिम सञ्चालन गरिएको संगठनका अध्यक्ष राकेस सुुरानाले बताए । संगठनले सम्बन्धित उद्योगको मागको आधारमा उद्योगमा कार्यरत प्राविधिकहरूको दक्षताको आधारमा पाठ्यक्रम समेत तयार गरी यस प्रकारको तालिम सञ्चालन गर्ने रणनीति अख्तियार गरेको उनले जानकारी दिए । उनले यस आर्थिक वर्षमा तीन सयमध्ये एक सय जनाको तालिम सम्पन्न भइसकेको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया