सिरियामा २७ प्रतिशत जनसंख्या ‘चरम गरिबी’मा
सिरिया । विश्व बैंकले सिरियामा चारमध्ये एक नागरिक चरम गरिबीमा बाँचिरहेको जनाएको छ । शनिबार सार्वजनिक गरेको रिपोर्टमा विश्व बैंकले गृहयुद्धमा फसेको सिरियाली अर्थतन्त्र खराब बनेको र लाखौँ मानिस ‘चरम गरिबी’को सामना गरिरहेको उल्लेख गरेको छ ।
सिरियामा १३ वर्षदेखि विनाशकारी गृहयुद्ध जारी छ । यही कारण त्यहाँको अर्थतन्त्र खराब अवस्थामा पुगेको हो । विश्व बैंकले २७ प्रतिशत अर्थात् ५७ लाख सिरियाली नागरिक चरम गरिबीमा बाँचिरहेको जनाएको हो ।
गृहयुद्धमा रहेको सिरियामा गतवर्षृ गएको विनाशकारी भूकम्पका कारण अवस्था थप खराब भएको रिपोर्टमा उल्लेख गरिएको छ । गतवर्ष भूकम्पका कारण करिब छ हजार मानिसको मृत्यु भएको थियो । अरब राष्ट्र सिरियामा द्वन्द्व अघि चरम गरिबी लगभग अस्तित्वहीन थियो ।
संयुक्त राष्ट्र संघका अनुसार करिब ९० प्रतिशत सिरियालीहरू गरिबीमा बाँचिरहेका छन् भने एक दशकभन्दा लामो युद्धपछि करिब २० लाख मानिस चरम गरिबीमा बाँचिरहेका छन् ।
सिरियामा जारी गृहयुद्धले अर्थतन्त्र, पूर्वाधार र उद्योगधन्दा समेतलाई तहसनहस बनाएको छ भने पश्चिमा प्रतिबन्धले सिरियाको समस्या बढाएको छ ।
संयुक्त राष्ट्र संघले यसअघि एएफपीलाई सन् २०२४ का लागि सिरियाका लागि मानवीय सहायता योजनाका लागि चार अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने बताएको थियो ।
सन् २०२३ मा सिरियाको कुल गार्हस्थ्य उत्पादन छ दशमलव दुई अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ । जुन सन् २०२२ को तुलनामा एक दशमलव दुई प्रतिशतले कम हो । सन् २०२४ मा थप एक दशमलव पाँच प्रतिशतले जीडीपी खुम्चिने अनुमान गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया