Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारझण्डै चार अंकले उक्लियो सेयर बजार

झण्डै चार अंकले उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन २२ दशमलव १२ अंंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने तीन दशमलव ९३ अंकले उकालो लागेर २१ सय १३ दशमलव २७ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ३० अंकले ओरालो लागेर तीन सय ७८ दशमलव ९२ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय १७ वटा कम्पनीहरुको ५८ हजार चार सय ८३ पटक सेयर सेयर किनबेच भएको छ । जसबाट आज ९३ लाख ३० हजार दुई सय ९५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार एक सय ४३ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, निर्जीवन बीमा र होटल तथा पर्यटन उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x