प्रविधिमैत्री कार्यालयसहितको सेवासुविधामा जोड दिँदै रुरुक्षेत्र
बुटवल । रुरुक्षेत्र गाउँपालिका गुल्मीले नागरिकलाई प्रविधिमैत्री कार्यालयसहितको सेवासुविधा दिँदै आएको छ । गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले नागरिकमैत्री सेवा प्रवाहको लागि सोहीअनुसारको व्यवस्था मिलाइएको बताए । अध्यक्ष ज्ञवालीले गाउँपालिकाले चालू आर्थिक वर्षमा सुविधासम्पन्न प्रशासकीय भवनबाट एकीकृतरूपमा सेवा विस्तार गरेको पनि जानकारी दिए । यस्तै, उनले यसै वर्षमा सबै वडाहरूमा स्वास्थ्य चौकी, वडा कार्यालयलगायतका क्षेत्रहरूमा आवश्यक पूर्वाधारहरू निर्माण सम्पन्न गरिएको जानकारी दिए । साथै, सडकहरू स्तरोन्नति, कालोपत्रे, ग्राभेल तथा अवरुद्ध हुने सम्भावित सडकहरूमा ढलान र आवश्यक स्थानमा नालीको व्यवस्था मिलाइएको बताए । सिन्दुरे बाँस्टारी सिँचाइ योजनालगायत विभिन्न सिँचाइका योजनाहरू सम्पन्न भएको, कोल्ड स्टोर निर्माणको कार्य प्राथमिकताका साथ अगाडि बढेको, १५ शय्याको अस्पताल निर्माणको चरणमा रहेको पनि उनले जानकारी दिए ।
यस्तै, चालू आर्थिक वर्षमा विभिन्न ठाउँहरूमा झोलुङ्गे पुल निर्माण, एक घर, एक धारा अभियानअन्तर्गत बास योजना निर्माण, गाउँपालिकास्तरीय खेल मैदान, औद्योगिक ग्राम, धार्मिक तथा पर्यटकीय स्थलहरूको विस्तृत परियोजना प्रतिवेदन तयारलगायतका काम गरेको बताए । अध्यक्ष ज्ञवालीले जनस्वास्थ्यलाई मध्यनजर गर्दै प्राथमिक आँखा उपचार केन्द्रको स्थापना, मोतियाविन्दुको लागि निःशुल्क शल्यक्रियाको व्यवस्थालगायतका सेवाहरू समेत सञ्चालन गरिएको जानकारी दिए ।
कृषि तथा पशुपालन क्षेत्रमा आत्मनिर्भर बन्नको लागि तीन करोड रुपैयाँ लागतमा रुरु कृषि परियोजना सञ्चालन गरिएको उनले बताए । उन्नत नश्ल वृद्धिको लागि निःशुल्क कृत्रिम गर्भाधानको व्यवस्था, कृषकको आवश्यकताको आधारमा कृषि यन्त्र तथा प्रविधि वितरण, गरिबी निर्माणका लागि उद्यम विकास कार्यक्रम सञ्चालनलगायतका कार्य गरिएको जानकारी दिए । यस्तै, पालिकाले शैक्षिक गुणस्तरलाई वृद्धि गरी प्रविधिमैत्री शैक्षिक क्रियाकलाप सञ्चालन गर्न स्मार्ट शिक्षण विधि लागू गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँपालिकाको कुल ५८ करोड ३६ लाख रुपैयाँमध्ये चालूतर्फ ३६ करोड ८८ लाख रुपैयाँ र पुँजीगततर्फ २१ करोड ४७ लाख रुपैयाँमध्ये करिब ६० प्रतिशतको सेरोफेरोमा खर्च भएको जानकारी दिए । यस्तै, उनले पालिकामा आन्तरिक स्रोतको अवस्था कम भए पनि लक्ष्यभन्दा बढी राजस्व संकलन हुने बताए । पारदर्शितता कायम गरी दैनिक अभिलेखीकरण गर्न अनलाइन प्रविधिको प्रयोग गरी राजस्व संकलनको व्यवस्था मिलाइएको उनले बताए । यस्तै, पालिकाका लेखापाल हिमाल कार्कीले आर्थिक सु–शासन तथा मितव्ययिता पालिकाको प्रमुख रणनीति भएको बताए । आर्थिक अभावको कारणले समयमा भुक्तानी गर्न नसकिने समस्या यो पालिकामा पनि देखिएको उनले जानकारी दिए ।
क्याटेगोरी : समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया