Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंककोे सञ्चालकमा ईला शर्मा नियुक्त

सिटिजन्स बैंककोे सञ्चालकमा ईला शर्मा नियुक्त


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छन् । शर्मालाई अध्यक्ष प्रबलजंग पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । कानुनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्वनिर्वाचन आयुक्त हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्युमन राइट्समा एलएलएम गर्नुको साथै–साथै युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल बिजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डेभलपमेन्टमा एलएलएम गरेकी छन् । उनीसँग अन्तर्राष्ट्रिय व्यापार, कानुन, जनसम्पर्क, शिक्षा र विकासलगायत क्षेत्रमा साढे तीन दशक काम गरेको अनुभव छ । निर्वाचनसम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत रहेकी छन् । उनले काठमाडौं विश्वविद्यालयलगायत विदेशी विश्व विद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । उद्योग तथा वाणिज्य मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा समेत काम गरेकी शर्मा विभिन्न आईएनजीओमा समेत संलग्न रहेकी थिइन् ।

उनले फुड फस्र्ट इन्फर्मेसन एक्सन नेटवर्क नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडियाको कार्यकारी समितिका साथै साउथ एसिया वाच अन ट्रेड, इकोनमिक्स एन्ड इनभारोमेन्टको कार्यकारी समितिको बोर्डमा पनि काम गरिसकेकी छन् । उनले आईआईएलएम विश्वविद्यालय गुढगाँव भारतमा एक प्राध्यापकको रूपमा ल एन्ड जस्टिस, क्रस बोर्डर आरबीट्रेसन एन्ड इनभेस्टमेन्ट ल र इन्टरनेसनल ह्युमन राइट्सअध्यापन गराउँदै आएकी छन् । उनी यसअघिनै एक प्रतिष्ठित वाणिज्य बैंकको सञ्चालक रहिसकेकी छन् ।

बैंकले हाल देशैभर रहेका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १७ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप सात वटा शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x