Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनौ जिल्लाका विद्यार्थीले बनाए वातावरण सुधारका योजना

नौ जिल्लाका विद्यार्थीले बनाए वातावरण सुधारका योजना


काठमाडौं । विभिन्न नौ जिल्लाका विद्यालय क्लबका विद्यार्थीहरू काभ्रेको धुलिखेलमा जम्मा भएर वातावरण सुधारका लागि दीर्घकालीन योजना तयार पारेका छन् । वातावरण संरक्षण शिविर (एक्का नेपाल) ले ‘अबको भविष्य, दिगो विकासको लागि शिक्षा’ भन्ने विषय वस्तुमा केन्द्रित भई हालै आयोजना गरेको पाँचौँ एक्का राष्ट्रिय विद्यालय क्लब सम्मेलनमा उनीहरूले सो योजना तयार पारेका हुन् । सम्मेलनमा विज्ञान प्रविधि तथा गणितमा आधारित ग्लोब कार्यक्रम र ज्ञान बजार कार्यक्रम सञ्चालन गरिएको थियो । ज्ञान बजारको उत्कृष्ट छ प्रस्तावनालाई प्रतिविद्यालय नगद २५÷२५ हजार रुपैयाँ प्रदान गरिएको छ । उत्कृष्ट प्रस्तावना बनाउनेहरूमा हरि आधारभूत विद्यालय झापाले ‘वातावरण संरक्षणसम्बन्धी सचेतना कार्यक्रम’, थानी आधारभूत विद्यालय धनकुटाले ‘जडीबुटी बगंैचा र विश्राम स्थल निर्माण’, गणेश माध्यमिक विद्यालय चितवनले ‘विद्यालय तथा सामुदायिक सरसफाइ कार्यक्रम’, कान्देश्वरी आधारभूत विद्यालय चितवनले ‘विद्यालय बगंैचा र दैनिक सरसफाइ कार्यक्रम’, विलियम पब्लिक स्कुल ललितपुरले ‘शून्य प्लास्टिक पहल (इको–इँटा)’ र महेन्द्र माध्यमिक विद्यालय काभ्रेले ‘फोहोर व्यवस्थापन र कम्पोस्ट मलको उत्पादन’सम्बन्धी प्रस्तावना बनाएका थिए ।

यस्तै, प्लास्टिकबाट हुने प्रदूषण र व्यवस्थापनमा विद्यालय क्लबको भूमिकाबारे चित्रकला र मेरो विद्यालय क्लब उत्कृष्ट र क्रियाशील छ । किनभने भन्ने शीर्षकमा भिडियो प्रतियोगिता गरिएको थियो । सम्मेलनले विज्ञान, प्रविधि, शिक्षा र गणित शिक्षा र भावनात्मक बौद्धिकतालाई विद्यालयहरूमा शिक्षण सिकाइ प्रक्रियामा जोडिने, वातावरण र वन्यजन्तु संरक्षणमा स्थानीय सम्पदा संरक्षण र स्थानीय ज्ञानको पूर्ण उपयोग गरिने, विद्यालयहरूले सुरक्षित पिउने पानीसँगै ल्यान्डफिलहरूमा जाने फोहोरलाई कम गर्न फोहोर व्यवस्थापन कार्यक्रमलाई प्रवद्र्धन गर्ने निष्कर्ष निकालेको एक्का नेपालका कार्यकारी निर्देशक योगेन्द्र चित्रकारले जानकारी दिए ।

सम्मेलनमा काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, दोलखा, चितवन, रुपन्देही, धनकुटा, झापा र मोरङबाट विद्यार्थीहरू सहभागी भएका थिए । यस्तै, सम्मेलनमा अन्तर्राष्ट्रियस्तरबाट थाइल्यान्ड र ताइवानबाट समेत गरी विद्यालय क्लवका सदस्यहरू एक सय ४७ जना सहभागी थिए । सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू र शिक्षकहरूको समेत सहभागिता थियो । सो सम्मेलन जेठ ८ देखि ११ गतेसम्म भएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x