विराटनगरमा श्रमाधान रोजगार मेलाको आयोजना
मोरङ । आन्तरिक रोजगारीलाई प्रवर्द्धन तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त रुपमा यही जेठ १७ र १८ गते कोशी प्रदेशको विराटनगरदेखि मेला सुरु गरिने महासङ्घद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
मेलामा श्रम मन्त्रालय तथा मातहतका सबै निकाय, विभिन्न तालिम प्रदायक संस्था, सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घ र होटल सङ्घ नेपालले विराटनगरमा ५० कक्ष राखी रोजगार उपलब्ध गराइने छन् ।
मेलामा अदक्ष र दक्ष युवालाई स्थानीय उद्योग, व्यावसायिक प्रतिष्ठानले आवश्यकताअनुसार रोजगारीको अवसर प्रदान गर्नाका साथै नेपाल सरकारले तोकेअनुसारको पारिश्रमिक उपलब्ध गराउने महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले राससलाई जानकारी दिए ।
मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने र अवसरको पहिचान गर्ने जानकारी पाउनाका साथै रोजगारीका लागि आवश्यक सीपका बारेमा जानकारीसमेत गराउने व्यवस्था रहेको अध्यक्ष राउतले बताए ।
मेला मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा जेठ २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा जेठ २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा वागमतीको ललितपुरमा जेठ २९ र ३० गते आयोजना गरी समापन गरिने छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ: परराष्ट्रमन्त्री
- ‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’
- शेयर बजारमा सामान्य बृद्धि
- ‘हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्छ’
- बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक सुरु
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा एक सय ४० भन्दा बढीको मृत्यु
- अक्सफोर्ड विश्वविद्यालयको प्रमुख बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा
- पूर्वी टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया