Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयर बजारले पत्याएन बजेटलाई

सेयर बजारले पत्याएन बजेटलाई

२३ अंकले ओरालो लाग्दा चार अर्ब ५७ करोडको सेयर किनबेच


काठमाडौं । सरकारले मंगलबार आगामी आर्थिक बर्ष २०८१/०८२ को लागि बजेट सार्वजनिक गर्यो । सरकारका तर्फबाट अर्थमन्त्री बर्षामान पुनले संघीय संसद समक्ष बजेट सार्वजनिक गरे । बजेट मार्फत सरकारले पुंजीबजार सुधार र बिकासको लागि प्रभावकारीरुपमा काम गर्ने उद्घोष गर्यो । तर सरकारको यो उद्घोषलाई लगानीकर्ताहरुले भने पत्याउन नसकेको देखिएको छ । आगामी आर्थिक बर्षको लागि बजेट घोषणा भएपछिको पहिलो दिन नैं सेयर बजार परिसुचक नेप्से उच्च बिन्दुले ओरालो लागेको छ ।

बजार परिसुचक आज बुधबार २३ दशमलव ८१ अंकले ओरालो लागेर दुई हजार ८९ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८९ अंकले ओरालो लागेर तीन सय ७४ दशमलव शुन्य नौं बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको ६३ हजार ८० पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड सात लाख ३८ हजार एक सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब ५७ करोड ५० लाख ६३ हजार दुई सय ७४ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर खरिद बिक्री भएका छन् । जसमध्ये फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक र व्यापार समुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैक, बिकास बैंक, जलबिद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x